Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सगरमाथा क्षेत्रमा पर्यटक ३३ प्रतिशत वृद्धि

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

सोलुखुम्बु, १८ पुस । सगरमाथा क्षेत्रमा भ्रमण गर्ने पर्यटकको सङ्ख्या सन् २०१५ को तुलनामा सन् २०१६ मा ३३.६६ प्रतिशतले वृद्धि भएको छ ।

सन् २०१५ मा २७ हजार ४६५ पर्यटकले सगरमाथा क्षेत्रमा भ्रमण गरेकोमा सन् २०१६ मा ३६ हजार ६९४ ले भ्रमण गरेको पर्यटन प्रहरी कार्यालय लुक्लाका प्रहरी सहायक निरीक्षक सरयुग महतोले जानकारी दिनुभयो । यो सङ्ख्या गत वर्षको तुलनामा नौ हजार २२९ ले बढी हो ।

२०१५ वर्ष भूकम्प र नाकाबन्दीको कारण सगरमाथा क्षेत्रमा पर्यटकको सङ्ख्या निकै घटेकोमा २०१६ मा समय अनुकूल भएकाले पर्यटकको सङ्ख्या उल्लेख्य वृद्धि भएको नाम्चेका पर्यटन व्यवसायी लामाकाजी शेर्पाले बताउनुभयो ।

पर्यटकको सङ्ख्यात्मक वृद्धिसँगै सगरमाथा क्षेत्रका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan