• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

सोसल मिडियाबाट युवतीका तस्बिर चोरी ब्ल्याकमेलिङ !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

भारतका सोशल साइटमा रहेका भारतीय युवतीका तस्बिरहरू पोर्न साइटहरू छ्यासछ्यास्ती देखिन थालेका छन् । ती युवतीहरूमध्ये ४० प्रतिशत युवती अपराधको शिकार भएका छन् ।

मेट टुडेको समाचारअनुसार इन्डियन इथिकल ह्याकर्स ग्रुपले फेसबुकको प्रोफाइल चोरेर तस्बिर पोर्नसाइटहरूलाई बिक्री गर्ने अभियान नै थालेको छ । यो ग्रुपले राम्रा युवतीहरूका तस्बिर चोरेर पोर्न साइटका लागि पठाउने गरेको आरोप छ ।

केरल साइबर वारियर्स ग्रुपको १५ एथिकल ह्याकर्सको समूहले २८ डिसेम्बरदेखि अहिलेसम्म ७० फेसबुक प्रोफाइल्सलाई ह्याक गरेको स्थानीय प्रहरीले जनाएको छ । ती युवतीका तस्बिरहरू पोर्नसाइटमा पठाइएका छन् ।

एथिकल ह्याकर्सको यो समूहले युवतीहरूलाई सेक्सका लागि तयार पार्ने र व्यवसायमा लगाउने गरेका कतिपय पेजहरूलाई पनि ह्याक गर्ने गरेका छन् ।

केही व्यक्तिले फेसबुक पेज बनाएर च्याटमार्फत सेक्सका लागि युवतीहरूलाई फसाउने काम पनि गर्ने गरेका छन् । ती पेजहरूलाई पनि एथिकल ह्याकर्सले ह्याक गरेर तस्बिरहरूपनि पोर्न साइटमा पठाउने गरेका छन् ।

युवतीहरूका तस्बिर एल्वमबाट चोरी गरेर फोटोकपी गरिन्छ । त्यसपछि युवतीहरूको फोटो नै एल्वमबाट डिलिट गर्ने गरेको समाचारमा उल्लेख छ । युवतीहरूका तस्बिरमा केही फेरबदल गरेर पोर्नसाइटमा राख्ने गरिएको छ ।

ह्याकर्स ग्रुपले ब्रेकअप भएको जोडीलाई निशाना बनाइ पैसा समेत असुल्ने गरेका छन् । युवतीका पोर्न साइटलाई मात्रै बेच्ने गरिएको छैन ।

ताकि ती तस्बिरहरूमार्फत  युवतीहरूसँग ब्ल्याकमेलिङसमेत गर्नेको तथ्याङ्क सार्वजनिक भएको छ । एजेन्सी

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan