Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कस्तो अचम्म ! 'अत्तर छर्केपछि युवतीहरु तपाइँप्रति आकर्षित'

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

 युवा उमेरमा गलफ्रेण्ड र ब्वायफ्रेण्ड नबनाएका मानिसहरु आजको समयमा कम नै भेटिन्छन ।

पुरुषलाई गलफ्रेण्ड नहुनुको पीडा यहाँ लेखिसाध्य छैन जस्तै महिलालाई ब्वायफ्रेण्डको पनि । एकअर्काप्रति आर्कषित हुनकै लागि अनेक बहाना बुन्न पछि पर्दैनन् अचेलका युवायुवातीहरु । युवा हो,अब तपाईंले केटिको ध्यान तान्न बहाना बनाइरहनु पर्दैन । कस्तो अचम्म यस्तै खबर छ ।

किनकी वैज्ञानिकहरुले एउटा यस्तो अत्तर अर्थात् स्प्रे तयार पारेका छन् जसलाई सुँघाउने बित्तिकै केटीहरु तपाइँप्रति आकर्षित हुनेछन् । यो स्प्रे आफ्नो जिउमा छर्नुस् अनि मन परेको केटीको छेउँमा जानुस् । केटीले तपाईंको जिउबाट आइरहेको स्प्रेको बासना सुँघ्नेछिन् अनि सम्झनुस केटि सधै तपाईं सँगै ।

वैज्ञानिकहरुका अनुसार केटी फकाउने यो स्प्रेमा लभ हर्मोन पनि भनिने सिन्थेटिक अक्सिटोसिन हालिएको छ ।


जर्मनको बन विश्वविद्यालयका शोधकर्ताहरुले आफ्नो प्रयोगका क्रममा यो स्प्रे सुँघेलगत्तै महिलाहरुले आफ्ना पुरुष साथीहरुलाई बढि आकर्षक अनुभव गर्ने गरेको प्रमाणित गरेका छन् । यो स्प्रेको बासना सुँघेलगत्तै महिलाहरुले कुनैपनि पुरुषलाई पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देख्ने गरेका छन् ।

यो स्प्रेमा सिन्टोसिनन नामको सिन्थेटिक तत्व हालिएको छ जुन अक्सिटोसिन हर्मोनबाट बनाइएको हो । यो अक्सिटोसिन हर्मोनलाई लभ हर्मोन पनि भनिन्छ र एक अर्कासँग प्रेम तथा सम्भोगका बेला मस्तिष्कबाट यो हर्मोन निस्कन्छ ।

यो हर्मोनले बच्चा पैदा गर्ने, आमाको स्तनमा बच्चाको लागि दुध पैदा गर्ने तथा बच्चाप्रति आमामा ममता विकाश गर्ने काममा पनि सहयोग गर्दछ ।

शोधकर्ताहरुले २० देखि २९ वर्ष उमेरका ४६ जना महिलामा यो स्प्रेको प्रभावका बारेमा अध्ययन गरेका थिए जो कुनै युवकसँग प्रेममा थिए ।

जब उनीहरुलाई यो स्प्रे सुँघाइयो र आफ्नो ब्वायफ्रेण्डप्रतिको आकर्षणको बारेमा सोधियो तब उनीहरुले आफ्नो ब्वायफ्रेण्ड पहिले भन्दा १५ प्रतिशत बढि आकर्षक देखिएको बताए । तर गर्भनिरोधक औषधि खाएका महिलामा भने यो स्प्रेले कुनै असर पारेन ।

एजेन्सी 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan