Friday 23rd of June | २०७४ असार ९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मगर संघका मानार्थ सदस्य माइली माया वाइवाको बिदाई

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

बिजय कुमार मगर, दोहा (कतार), १८ पुस । मिति २०१६ डिसेम्बर ३० तारीख शुक्रबार नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगर को सभापतित्वमा मानार्थ सदस्य तथा कला तथा सांस्कृतिक विभागका कुशल नृत्यांगना माइली माया वाइवाको प्रमुख आतिथ्यमा उहांको बिदाई कार्यक्रम दोहाको मुगलिना स्थित वेलकम रेस्टुरेन्टमा सम्पन्न भयो ।

उक्त कार्यक्रममा बिशेष अतिथि संघका प्रमुख सल्लाहकार भिम तरामु मगर र अन्य अतिथिहरुमा कम्रशः  संघका केन्द्रिय सल्लाहकारहरु जनक थापा मगर, डि.एन मगर, केशव राना मगर, नेपाल प्रवासी मगर बचत कोष, कतारका अध्यक्ष केशव राना मगर, महिला बिभाग संयोजक इशोरा थापा मगर, कला तथा सास्कृतिक बिभागका कोषाध्यक्ष कृष्ण सोराली थापामगर, दोहा एरिया समितिका अध्यक्ष अशोक आले मगर, सनैया ‘एस’ एरिया समितिका सचीव रेशम आले मगर, सहानिया एरिया समितिका अध्यक्ष पदम थापा मगर, नेपाल मगर संघ युकेका आजिवन सदस्य तथा नेपाल मगर संघ ललितपुर जिल्ला सदस्य भरत बुढा मगर, नेपाली कला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ , मानार्थ सदस्यहरु बबिन राई, टेक रसाइली र रोशिका लामा, राज्य सत्ता अनलाईनका कृष्ण सारु मगर, गुम्बेली अनलाईनका सम्यक राना मगर हुनुहुन्थ्यो भने कला तथा सांस्कृतिक विभागका सदस्य तथा कलाकारहरुको साथै मगर तथा गैर मगरहरुको बाक्लो उपस्थित रहेको थियो ।

कार्यक्रममा उपस्थित रहेका सम्पुर्ण लाई नेपाल मगर संघ, शाखा कतारका द्धितिय उपाध्यक्ष  लिलम्बर चिदि मगरले स्वागत मन्तब्य राखेर कार्यक्रममा स्वागत गरेका थिए भने कार्यक्रम संघका महासचिव बिजय मगरले संचालन गरेका थिए ।

उहांलाई कला तथा सांस्कृतिक विभागमा मा आबद्ध भई एक कुशल नृत्यांगना को भुमिका निर्वाह गरी एघारौं कार्यकाल सम्म आई पुग्दा सम्म नेपाल मगर संघ, शाखा कतार को मानार्थ सदस्य (छुट) रहेर निष्ठा एवं ईमान्दारीका साथ आफ्नो दायित्व निर्वाह गर्नुका साथै संघको सामाजिक तथा सांस्कृतिक कार्यमा सक्रिय भूमिका निर्वाह गर्नुभई संघलाई अतुलनीय सहयोग पुरयाएकोेमा उहाँको योगदानको उँच्च कदर गर्दै आफ्नो स्वस्थ अवस्थाका कारण उपचार का लागि कतार नफर्कने गरी स्वदेश फर्किन लाग्नु भएको अवसरमा धन्यवाद सहित संस्थाको तर्फबाट अध्यक्ष महेन्द्र थापा मगरवाट मायाको चिनो  प्रदान गरेका थिए भने प्रमुख सल्लाहकार भिम तरामु मगरले सम्मान पत्र प्रदान गर्नु भएको थियो । 

नेपाल मगर संघ, शाखा कतार अध्यक्ष महेन्द्र थापा मगर आफ्नो ब्यक्तिगत तर्फबाट पनि मायाको चिनो प्रदान गर्नु भएको थियो ।

कलाकार लामा २०१४ साल देखि यस नेपाल मगर संघ, शाखा कतारको मातहतमा रहेको कला तथा सांस्कृतिक विभागमा आवद्ध भई कुशल नृत्यांगनाको रूपमा यस संघको सामाजिक तथा कला क्षेत्रवाट सहयोग पुरयाउंदै आई रहनु भएको थियो ।

भने उहाँले दिनु भएको योगदानको कदर गर्दै नेपाल मगर संघ, शाखा कतारको केन्द्रिय समितिको सातौं बैठकवाट पारित गरी ३४ औं मगर दिवस कार्यक्रममा संस्थाले मानार्थ सदस्य(छुट) प्रदान गरेको थियो ।

कार्यक्रममा बोल्नुहुदै सम्पुर्ण एरिया समितिका तर्फ बाट सनैया ‘एस’ एरिया समितिका सचीव रेशम आले मगर, नेपाली कला केन्द्रका महासचिव बिरेन्द्र श्रेष्ठ, भरत सिंह बुढा मगर, सल्लाहकारहरु डि.एन मगर, भिम तरामु मगरहरुले उहाँको सिघ्र स्वास्थ लाभको कामना सहित उहाँको प्रगतिको कामना गर्नु भएको थियो ।

मानार्थ सदस्य तथा कलाकार माइली माया वाइवाले कार्यक्रममा मन्तव्य राख्दै भन्नूभयो  मगर संघ, कतार भौगोलिक दुरि बाट टाढा रहेपनि जुन सहयोग र सम्मान नेपाल मगर संघ, शाखा कतारले गरेको छ यसको अगाढी आफ्नो योगदान अतिनै थोरै रहेको र यसरी नै यस संघलाई साथ दिईरहने प्रतिवद्धता गर्दै संपुर्ण कलाकार मित्रहरु तथा नेपाल मगर संघ, शाखा कतार परिवारलाई धन्यवाद दिदै आफू जहाँ बसे पनि मगर संघ, कतार लाई कहिले नबिर्सने बताउनु भयो ।

अन्तमा, सभापति महेन्द्र थापा मगरले संस्थालाई दिएको योगदानको संस्थाले जहिले पनि सम्झिरहने छ । एउटा कुशल कलाकार तथा मानार्थ सदस्यलाई संस्थावाट बिदाइ गर्नु पर्दा यस संघले संधैभरी उहांको अभाव महशुस गरि रहनेछ ।

साथै उहाँको सिघ्र स्वस्थ्य लाभको कामना साथै  आगामी दिनहरु अझै प्रगतिशिल पथ तिर लम्किरहोस भन्दै शुभकामना को साथमा उहांको नेपाल वसाई सुखमय आनन्दमय रहोस् भन्दै अग्रेजी नयाँ बर्ष २०१७ को शुभकामना सहित अन्तमा उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियो । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan