• FB
  • FB
  • FB
Sunday 19th of February | २०७३ फाल्गुण ८ आइतबार

चिसोमा कुर्कुच्चा फुट्यो ? यस्ता छन् उपाय

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

चिसो मौसममा हातखुट्टा खस्रो हुनु स्वाभाविक नै हो । त्यसमा पनि कुर्कुच्चा फुट्ने समस्याले धेरैलाई सताउँछ । फुटेको कुर्कुच्चाले पीडा त दिन्छ नै, साथमा खुट्टाको सुन्दरतालाई पनि पूरै नष्ट गरिदिन्छ ।

शरीरमा जब क्याल्सियमको कमी हुन थाल्छ, त्यतिवेला पैताला तथा कुर्कुच्चा फुट्न सुरु हुन्छ । यसरी कुर्कुच्चा फुट्ने समस्याबाट बच्न तथा कुर्कुच्चा फुट्न नदिन केही घरेलु उपाय अपनाउन सकिन्छ ।

प्रयोग गर्ने तरिका
सबैभन्दा पहिला खुट्टालाई मनतातो पानीले राम्रोसँग धुने । त्यसपछि तौलियाले सफासँग पुछ्ने ।
त्यसपछि सानो कचौरा या अन्य भाँडामा गुलाबजल, कागतीको रस तथा गिल्सरिन राख्ने ।


तीन थरीको तरललाई एक–आपसमा मजाले मिश्रण गर्ने । सो मिश्रणलाई राति सुत्नुअघि पैताला तथा खुट्टामा लगाउने ।
यसरी सो मिश्रण लगाइसकेपछि खुट्टामा मोजा लगाउने । भोलिपल्ट उठेपछि फेरि मनतातो पानीले खुट्टा पखाल्ने ।
यो प्रक्रिया दैनिक निरन्तर गरिरहँदा कुर्कुच्चा फुट्ने समस्या समाधान हुन्छ ।


साथै, पैताला तथा कुर्कुच्चा फुटेको कम गराउन अन्य उपचार विधि पनि अपनाउन सकिन्छ । आधा बाल्टिन मनतातो पानीमा थोरै मह मिसाउने । त्यसपछि सो मह मिसिएको पानीमा करिब २० मिनेट जति खुट्टा डुबाएर राख्ने ।

त्यसपछि खुट्टा निकालेर सफा रुमालले पुछ्ने । खुट्टा सुक्खा भएपछि नरिवलको तेलले मालिस गर्दा कुर्कुच्चा फुट्ने समस्या धेरै कम हुन्छ ।  नयाँ पत्रिकाबाट

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan