Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कतारमा नयाँ शक्तिले आफ्नो प्रथम बर्ष गाथ मनायो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

ध्रुब क्षेत्री, दोहा, १८ पुस । नयाँ शक्ति कतार अभियानले  १ बर्ष पूरा गरेको खुसियालीमा अन्तर्राष्ट्रिय नेपाली समाज कतार INSQ, ले जनवरी १ लार्इ आफ्नो बर्ष गाथको रुपमा  मनायो ।

संगठनका संयोजक बी.बी. खरालको सभापतित्व तथा नयाँ शक्ति पार्टी प्रादेशिक कमिटीका सदस्य तथा नयाँ शक्ति अमेरिकाका सचिवालय सदस्य व्यावसायी युवा नेता होब खड्काको बिशेष आतिथ्य र संगठनका सह संयोजक लाल भट्ट, दुर्गा सुनार, प्रवक्ता ध्रुब क्षेत्री, कोशा अध्यक्ष, देब बहादुर परियार, सहकोशा अद्क्ष्य सन्तोष बस्नेत, दलित सक्ति कतारका संयोजक कृष्ण परियार, मदेश बियूरो संयोजक नबिराज खान, अनुशासन बिभागका संयोजक दुर्गा भुसाल, प्रशासण बिभागका संयोजक सी.सी. सुबेदी लगायत सम्पुर्ण कार्यसमितिका सदस्य तथा शुभ चिन्तकहरुको उपस्थितिमा भब्य रूपमा आफ्नो १ बर्ष गाथको शुभकामना आदान प्रदान कार्यक्रम दोहाको नेपाली आँगन रेस्टुरेन्टको  हलमा समापन्न गरेको छ ।

संगठनले सम्पूर्ण कतार बासी नेपालीहरुलाई हालसम्म संगठनलाई संयोग र सद्भाब राख्नु भएको प्रति धन्यबाद ज्ञापन गर्दै, कार्यक्रममा संगठन बिभाग प्रमुख लाल भट्टले शुभकामना सन्देश सहित कतारमा गएको १ बर्षमा जेल्नु परेका समस्या र प्रगतिको बारेमा संक्षिपत बक्तब्य राख्नु भयो ।

बिशेष अतितिथि होब खड्काले कतारका अभियंताहरुको जोशको प्रशंम्सा गर्दै संगठनको काम र उत्साहबाट खुसी भएको जनाउँदै समसामयिक बिषय सहित शुभकामना व्यक्त गर्नु भयो र नयँ शक्ति पार्टी नेपाल अन्तरिम केन्द्रिय परिसद सदस्य तथा कतारका संयोजक खरालले संगठन  र पार्टीको समसामयिक अबस्थाको बारेमा प्रकाश पार्दै कतारमा रहेका सबै नेपाली मिलेर १ जुट भई समृद्ध नेपाल बनाउने नयाँ शक्ति पार्टीको योजनामा लांबद्ध भएर संयोग गर्न सम्पुर्ण  कतारबासी नेपालीहरुलाई आग्रह गर्दै शुभकामना व्यक्त गर्नु भयो भने कार्यक्रम संगठनका प्रवक्ता ध्रुब क्षेत्रीले संचालन गर्नु भएको थियो ।

साथै अन्तर्राष्ट्रिय नेपाली समाज कतारले सम्पूर्ण कतारबासी नेपालीहरुलाई हालसम्म संगठनलाई  सहयोग र सद्भाब राख्नु भएको प्रति धन्यबाद ज्ञापन समेत गरेको छ ।


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan