Friday 24th of November | २०७४ मङ्सिर ८ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हेर्नुहोस् विश्‍वमै पहिलो पटक आकाशमा गुड्‍ने यस्तो साइकल, पर्यटकको मस्ती : फोटोफिचर र भिडियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan
newsabhiyan

एजेन्सी । के तपाईले डोरीमा साइकल कहिल्‍यै चढ्नु भएको छ ? पक्कै पनि छैन होला। प्राय साइकल रोडमा मात्रै चलाएको हामीसँग अनुभव छ।

तर फिलिपिन्सको चकलेट हिल्स एडभेन्चर्स पार्क(चाप)ले १५० फिट माथिमा डोरीले साइक्लिङको सुविधा र मनोरञ्‍नात्मक पार्कको विकास गरेको छ। यो फिलिपिन्सको बोहोल ठाउमा अवस्थित रहेको छ।

हावामा उडेको अनुभूति हुने यो साइक्लिङ सम्भवत: एसियामै पहिलो पटक निर्माण गरिएको हो।यसले पर्यटन विकासमा निक्कै आकर्षण र मनोरञ्‍जन दिने चापले जनाएको छ।

यस साहासिक खेलमा मोटरसाइकल चढ्नेदेखि , साइकल चढ्ने लगायतका ३२० मिटर लामो यात्रा रहेको छ। यो सेवा लिनको लागि फिलिपिनो ४५० रुपैया तोकिएको छ।

यो साइक्लिङ गर्न कम्तिमा पनि ६ वर्ष माथिको व्यक्तिलाई मात्र अनुमति दिइएको छ। यसका साथै हिल्स एडभेन्चर्स पार्कले भित्ता चढ्ने, घोडचढी, माउन्टेन क्लाइम्बिङ समेत सञ्‍चालन गरेको छ।

जसमा तल र माथि पनि डोरी लगाएर चढ्ने व्यवस्था गरिएको छ। यो पार्कमा बालबालिकाका लागि विभिन्‍न रंगीचङगी बगैंचा तथा जीवनसँग सम्बन्धित मनोरञ्‍जन क्षेत्र छुट्ट्याइएको छ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan