Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

रारा पछिको दोस्रो गन्तव्य दैलेख

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

दैलेख, १८ पुस । रारा ताल पुग्ने धेरैजसो आन्तरिक र बाह्य पर्यटक दैलेखको शिरीस्थानमा आउने क्रम पनि बढेको छ । गत भदौदेखि मङ्सिरसम्म यहाँकोे शिरीस्थान र नाभीस्थानमा १२ हजार बढी पर्यटकले ज्वाला बलेको क्षेत्रको अवलोकन गरेका छन् ।

अहिले सवारीसाधन प्रयोग गरेर रारा पुग्ने पर्यटक दैलेखको माथिल्लो ढुङ्गेश्वर हुँदै जाने गरेकाले शिरीस्थानमा पर्यटकको चहलपहल बढेको हो । दैलेखको माथिल्लो ढुङ्गेश्वरबाट शिरीस्थान पुग्न करिब २० किलोमिटरको सहज यात्रा भएकाले पनि जो कोहीका लागि शिरीस्थान पुग्न सहज भएको जुम्लाका पर्यटक घनश्याम नगरकोटीले बताउनुभयो ।

सुर्खेत, नेपालगन्ज, काठमाडौँ लगायतका जिल्लाबाट रारा पुग्ने पर्यटक फर्कने बेला शिरीस्थान हेरेर फर्कने गरेका छन् भने जुम्ला, हुम्ला, मुगुबाट समेत आन्तरिक पर्यटक दैलेखको शिरीस्थान आउने गरेका छन् । मुगुबाट दैलेखको शिरीस्थान हेर्न आउनुभएकी चेतना शाहीले यो क्षेत्र धार्मिक, पर्यटकीय र औद्योगिक दृष्टिले पनि महत्वपूर्ण भएको बताउनुभयो

यहाँको पञ्चकोसी क्षेत्र मध्येको निकै महत्वपूर्ण क्षेत्र मानिएकोे अखण्ड ज्वाला हेर्न भदौदेखि मङ्सिरसम्म १० हजार बढी आन्तरिक र बाह्य पर्यटक आउनु जिल्लाका लागि निकै राम्रो सन्देश हो अब यसको थप व्यवस्थापन गर्नु पर्दछ जिल्लास्थित उद्योग वाणिज्य सङ्घका महासचिव नरेन्द्र थापाले जानकारी दिनुभयो । शिरीस्थान, नाभीस्थान लगायतका विभिन्न एक सय बढी स्थानमा अहिले पनि ग्यास बलेको देख्न सकिन्छ ।

प्रारम्भिक अनुसन्धानका आधार निरन्तर ज्वालाका रुपमा बलेको पदार्थ सिधै सिलिन्डरमा भर्न सकिने ग्यास भएको र यसको खानी पनि दैलेखमै रहेको थाहा पाएर जिल्लाका बासिन्दा झनै उत्साही बनेका छन् । यो क्षेत्रको थप अनुगमन र भ्रमण गर्नेको सङ्ख्यासमेत पछिल्ला दिनमा बढ्दै गएको छ । सरकारले यहाँ रहेको पेट्रोलियम पदार्थको उत्खनन गरी राष्ट्रको आर्थिक अवस्था सुधार्नुपर्ने जिल्लावासीको माग रहेको सङ्घका अध्यक्ष शान्ति शर्माले जोड दिनुभयो ।

जिल्लाका सांसदले बारम्बार सरकारले उत्खननको काम छिटो गर्नुप¥र्यो भन्दै आवाज उठाएको भए पनि सरकार परिवर्तनसँगै ग्यास उत्खननका सबै कार्य बन्द भएको सांसद अमर थापाले बताउनुभयो । रासस
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan