Tuesday 23rd of May | २०७४ जेठ ९ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतको उत्तराखण्डमा जिप दुर्घटनामा , चार नेपालीको मृत्यु - नाम सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १८ सोमबार
newsabhiyan

बैतडी, १८ पुस । भारतको उत्तराखण्डमा जिप दुर्घटना हुँदा एकै परिवारका चार नेपालीसहित छ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बैतडी शर्माली– २ डोवराका गोमादेवी साउद, गोविन्दसिंह साउद, वासुसिंह साउद र वासुकै पाँचवर्षीय नाति रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

दुर्घटनामा सोही परिवारकै अन्य चार सदस्य पनि घाइते भएका छन् । उनीहरुको नाम खुल्न नसकेको र भारतकै स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बैतडीको शर्माली घर भएका उनीहरु कञ्चनपुरबाट भारतको बाटो हुँदै घर फर्किरहेका बताइएको छ ।

भारतको उत्तराखण्डअन्तर्गत लुहाघाटबाट सुगरखालतर्फ आइरहेको जिप आइतबार अपराह्न मणिलेक नजिकै दुर्घटनामा परे पनि आज मात्रै खबर आइपुगेको हो । दुर्घटनामा दुई भारतीयको पनि ज्यान गएको बताइएको छ । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan