• FB
  • FB
  • FB
Sunday 26th of February | २०७३ फाल्गुण १५ आइतबार

आमिर खानको सिनेमा दंगलले ५ सय १९ करोडको कारोबार गरेर उत्कृष्ट पाँचमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष १९ मंगलबार
newsabhiyan

एजेन्सी । आमिर खानको सिनेमा दंगलले सबैभन्दा धेरै कमाउने सिनेमाको नम्बर पाँचमा आफ्नो स्थान सुरक्षित गरेको छ ।

१० दिनमा ५ सय १९ करोडको ग्रस कलेक्शन गर्दै सबैभन्दा धेरै कमाउने सिनेमाको उत्कृष्ट पाँचमा दंगलले नाम दर्ता गराएको छ ।

हालसम्म सबैभन्दा धेरै कमाउने पाँच सिनेमामा आमिर खानका तीन सिनेमा र सलमान खानका दुई सिनेमा छन् । तर शाहरुख खानको एउटा पनि सिनेमाले उत्कृष्ट पाँचमा स्थान पाएको छैन ।

सिनेमा दंगलले १० दिनमा पाँच सय १९ करोडको ग्रस कलेक्शन गरेको छ । कमाईको मामिलामा धुम ३, सुल्तान बजरंगी भाईजान, पीके अझैपनि यो भन्दा अगाडि छन् ।

सबैभन्दा धेरै कमाउने सिनेमाको सूचिमा आमिर खानको पीके छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै कमाउने भारतीय सिनेमा हो । पीकेको वल्डवाईड कमाई ७ सय ९२ करोड छ ।

तर भारतको मात्रै कुरा गर्ने हो भने अहिलेसम्म सबैभन्दा धेरै कमाउने सिनेमा बाहुबली हो ।

बाहुबलीले भारतमा मात्रै ५ सय करोडको कारोबार गरेको थियो । त्यस्तै पीकेले भारतमा मात्रै ४ सय ४० को कारोबार गरेको थियो ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan