Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २१ गते बिहीवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २१ बिहिबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २१ गते बिहीवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०५ तारिख ।
योगः  परिध, २३ः३३ बजेपछि शिव योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको सप्तमी तिथी, १०ः५० बजेपछि अष्टमी तिथी । 
नक्षत्रः उत्तरभाद्रपदा, १४ः१४ बजेपछि रेवती नक्षत्र ।
करणः वणिज १०ः५० बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  मीन राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२१ बजे ।
राहुकालः १३:२७  बजेपछि १४ः४६ बजेसम्म ।
भद्राः १०ः५०  बजेपछि २१ः५६ बजेसम्म ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज कार्यक्षेत्रमा साविकभन्दा बढी मेहनत गर्नुपर्ने हुनसक्ने छ । शुरुमा केही अपजश पनि खेप्न नपर्ला भन्न सकिन्न तथापि केही संघष परेपनि कुनै तवरबाट केही काम बनी परिणाम सुखद आउने छ । खर्चको मात्रा भने बढ्ने नै देखिन्छ । व्यवहारिक औपचारिकता निर्वाह गर्नपर्ने भेट्घाट आदि पक्षमा दानदातव्य, सहयोग गरेर खर्चको सदुपयोग गर्नु उचित हुनेछ । आज यहाँलाई कुनै मातृशक्तिको सहयोग मिल्नसक्ने छ । त्यस्तै ३ अंक र पहेंलो रङ्ग यहाँलाई आज शुभ हुनेछ भने परोपकारले सन्तोष दिनेछ । माँ बगलामुखीको दर्शन भक्ति गर्नु शुभकर हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर देखिएको छ तथापि विशेष अपेक्षा गरेको अर्थोपार्जन वा उपलब्धि हुनलाई केही अबरोध भने हुनसक्ने छ । जसको निवारणको लागि गुरु गणेशको सेवाआराधना उपयुक्त हुनेछ । बाँकी क्रियाकलापमा गोचर ग्रहले राम्रै साथ दिएकै छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिनेछ भने अन्य पेशाको क्षेत्रमा पनि सफलता मिल्नेछ । इष्टजनसँग पनि भेट्घाट हुन र शुभसमाचार सुन्न पाइने दिन रहेको छ । आज यहाँले आफ्नो हैसियत अनुसार पितृको नाममा असहाय क्षेत्र आदिमा सहयोग वा दान गर्नु शुभप्रद हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज यद्यपि दिन मानसम्मान प्राप्त हुने तथा वातावरण पनि सौहार्द बन्नेछ तथापि विशेष ठानिएको कामकार्यमा भने अदृष्य ब्याबधान आउनसक्ने कुरालाई गोचर ग्रहले देखाइरहेको छ । अपेक्षित जति नभएपनि सामान्यतया दैनिकी कामकार्यमा सफलता मिल्ने छ । चिन्तनमनन् तथा योजना चाहीँ महत्त्वाकांक्षी नै बन्न पनि सक्नेछ । भैरवदेवको शरण पर्नाले रोकावटबाबजुत पनि केही महत्त्वपूर्ण कार्यमा सफल हुन र व्यवसायिक कामकार्यबाट आर्थिक लाभ गर्न सकिने छ । स्वजनकोे सहयोग मिल्नेसक्ने छ । जागिरेहरुको लागि पनि केही हदसम्म दिन सन्तोषप्रद रहनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन पाएको आश्वासन काम नलाग्न वा पूरा हुन कठिन छ । महत्त्वाकांक्षा ठूलै भएपनि महत्त्वपूर्ण उपलब्धि हुनलाई ग्रहबाधा देखिएको छ । तथापि धार्मिक–आध्यात्मिक वातावरण एवं चिन्तनमनन् भने सृजना हुनसक्ने छ । सामान्यतया दैनिक रुपमा चलिरहेका व्यवहारिक कामकार्य आदिबाट लाभ हातपार्न सकिने छ । उच्चवर्गसँग संपर्क स्थापित हुनजाँदा केही महत्त्वाकांक्षा पनि बढ्नसक्ने छ । जसले मनोबल पनि उच्च बनाउने छ । प्रेमसम्बन्धमा नयाँ पन आउनेछ । विवाह प्रस्तावले प्रसय पाउने छ । आज यहाँको लागि नौ अङ्क, पहेंलो रङ्गको प्रयोग र भगवान भैरवदेवको श्रद्धाभक्ति एवं कुकुरको सेवा फापसिद्ध हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन विपरित महसूस हुनसक्ने छ । बोलिचाली एवं जनव्यवहारमा  सोँचविचार र सावधानी अप्नाउनु उचित हुनेछ । व्यवसाय तथा कर्मक्षेत्रमा बाधा अड्चन परिशानीजन्य स्थिति सृजना हुनसक्ने गोचरको प्रभाव छ भने अपेक्षित एवं प्राप्त आश्वासन पूरा हुन कठिन पर्नेछ । स्वास्थ्यमा पनि समस्या रहनसक्ने छ, हृदयका दीर्घरोगीहरुले विशोष ध्यान दिन जरुरी देखिएको छ । उपर्युक्त संघर्ष एवं प्रतिकूलताको बाबजुत अप्रत्यासित उपलब्धि पनि हातपार्न सकिने सम्भावना छ । गुरुजनको सल्लाहसुझाव लिनु उपयुक्त हुनेछ ।

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन विपरितलिङ्गी तर्फको आकर्षण बढ्ने तथा आमोद–प्रमोदको चाहनामा बृद्धि हुनेछ । व्यवसायिक उन्नति हुनाले आर्थिक सङ्कलन हुनेछ भने आफन्तिको शुभसन्देश प्राप्त गर्नसकिने छ । औपचारिक कार्यक्रम आदिको निमन्त्रणा मिल्नसक्ने छ । सुरम्यस्थानको यात्रा हुनसक्ने तथा आफन्तीजनसँग भेटघाट हुनपाइने छ । विवाहको प्रस्ताव आउनसक्ने तथा प्रेमसम्बन्ध गाँसिनसक्ने कुरालाई पनि नकार्न सकिन्न । आज यहाँलाई सात अंक, सेतो रङ्ग शुभ हुनेछ भने माँ बगलामुखीको दर्शनभक्ति गर्नुले शुभत्त्वलाई बृद्धिगर्न मद्दत हुनेछ ।   

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन हुनलाई पराक्रम बढ्ने खालको रहेको छ तरपनि अनावश्यक उन्माद तथा घमण्डमा समयको दुरुपयोग हुने हो कि भन्ने डर पनि देखिन्छ । मुख्य एवम् महत्त्वपूर्ण काममा आउने अदृष्य रोकावट निवारणको लागि गुरुजनको आर्शिवाद लिनु तथा विद्वानजनको सेवा गरी खुशि बनाउनुले ग्रहबाधालाई न्यूनगर्न मद्दत हुनेछ । सामान्य दैनिकीको लागि गोचरको स्थिति ठिकै छ । समयको सदुपयोग गर्नसकेको खण्डमा शारीरिक बल बढ्ने, शत्रु मुकाविलामा वियजी भइने, आँटेताकेको काम अगाडि बढ्ने देखिन्छ । व्यवसायमा सफलता र लाभ मिल्ने छ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन ज्ञानविवेकको सदुपयोग गर्नसकिने र प्रशंसा मिल्ने रहेको छ । विद्यार्थीको लागि बढी उपयोगी दिन रहनसक्ने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित गर्नसकिने छ । ज्ञानोदयको ग्रहप्रभावले कलाकौशलता बढाउने र दार्शनिक तथा सैद्धान्तिक पक्षमा खरो उत्रनसकिने छ । कर्मक्षेत्र तथा व्यवसायमा प्रगति हुनाले आर्थिक सङ्कलन गर्न पनि सकिने छ । सन्ततीको तर्फबाट सुख एवम् सन्तोष पाइनेछ । बुद्धिको चलख्याईले प्रमि तथा प्रेमिकालाई आकर्षण गर्न सकिनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्ग फापकर हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन साविकको भन्दा केही बढी मेहनत गर्नुपर्ने तथा कोहीकसैसँग वादविवाद वा तर्कवितर्क पनि पर्नसक्ने सम्भावनालाई गोचरले लक्षित गरिरहेको छ । अल्मल्याउने र अबरोध गर्ने तथा ईष्या गर्नेहरु बढ्नसक्ने छन् । आज शुभेच्छुक एवं सहयोगीको कमि महसूस हुनेछ । तथापि आकस्मिक रुपमा योजनाभन्दा बाहिरको काम बनेर उपलब्धि हातपर्ने पनि सम्भावना छ । विचारमा संकिर्णता आउननदिनु तथा अनावश्यक मानसिक द्वन्दको शिकार नहुन प्रयत्न गर्नुपर्ला । बैठक आदिमा नया“ विषयमा चर्चा गर्दा संयम हुनु बुद्धिमानी हुनेछ । मनलाई सकारात्मक तरिकाले सम्हाल्ने र स्वकार्यमा प्रयत्नशिल रहनाले सफलता पनि मिलनसक्ने छ । आज तपाईँले माँ सरस्वतीको श्रद्धाभक्ति गर्नु शुभकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन सकारात्मक मान्न सकिन्छ तथापि मुख्य एवम् महत्त्वपूर्ण कामकार्यमा केही समस्या भने झेल्न पर्नसक्ने छ । केही बाधाब्यावधानको बाबजुत पनि काम गर्ने शारीरिक जोशजाँगर एवम् आँटसाहस बढ्ने नै देखिन्छ । केही नयाँ उद्यमहरु सम्पादन गर्ने जमर्को हुनेछ भने दैनिक रुपमा चलिरहेको कामकार्य स्वभाविक रुपमा अघि बढ्ने छन् । पेशा तथा व्यवसायबाट ठिकै आर्थिक लाभ पनि गर्नसकिने छ । शुभचिन्तक बढ्ने देखिन्छ । दाजुभाईबीचको सम्बन्धमा पनि सुधार आउनसक्ने छ । विशेष काममा आउने अबरोध तथा बाधाब्याबधानलाई हटाउन गुरु बृहस्पतिका प्रतिक गुरुजन वा विद्वान मान्यजनको सेवाश्रद्धा गर्नु र आर्शिवाद लिनु फापकर हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज सकारात्मक नै देखिएको छ । बोलीवचनको प्रभावले मान्छेहरुको मन जित्न सकिनेछ । व्यवसायिक कार्यमा प्रगति र आर्थिक सुधार हुन गई कोष बृद्धि हुनेछ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ । नाता–कुटुम्ब सम्बन्ध विस्तार हुनेछ । कलासंगीतकर्मीको लागि दिन विशेष सफलता दिने खालको रहेको छ । आज यहाँको लागि दुई अंक, सेतो रंग उपयुक्त रहने छ भने मान्यजनको सेवा गर्नु तथा सल्लाहसुझाव लिनु हितप्रद हुनेछ ।


मीन राशि
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन ईज्जत तथा मानप्रतिष्ठामा विकास हुने छ । मनोरञ्जन तथा भौतिक उन्नतिको योग छ । व्यापार एवं व्यवसाय तथा कर्मक्षेत्रमा उत्साह बढ्ने, शुभचिन्तकहरुबाट राम्रो सहयोग मिल्ने छ । जनव्यवहारमा ग्रहगोचरको प्रभाव सकारात्मक देखिएको हुनाले उपलब्धि पनि राम्रो हुनेछ । उमङ्ग उत्साह र काम कार्य सम्पादन गर्न सहज वातावरण बन्नेछ । व्यवसायिक लाभ प्राप्त हुने र स्वजनहरुबाट प्रोत्साहन मिल्नसक्ने छ । आज तपाईँलाई एक अंक, रातो रङ्ग शुभ रहनेछ भने विद्वान गुरुजनको मार्गदर्शन ग्रहण गर्नु हितप्रद हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan