Friday 26th of May | २०७४ जेठ १२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शैक्षिक रुपान्तरणका लागि एक महिने विद्यार्थी जागरण अभियान

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २० बुधबार
newsabhiyan
newsabhiyan

मनोज भट्टराई, ओखलढुंगा, २० पुस । अखिल क्रान्तिकारी ओखल्ढुङ्गाले एक महिने विद्यार्थी जागरण अभियान सुरु गरेको छ । २० औं बेथान स्मृति दिवसको अवसर पारेर एकमहिने विद्यार्थी जागरण अभियान शुरु गरीएको हो । विद्यार्थी जागरण अभियानको उद्घाटन हिमालय उच्च मा बि निशंङ्खे ओखल्ढुङ्गामा गरिएको हो ।

कार्यक्रममा नेकपा मओवादी केन्द्रका पोलिट ब्यूरो सदस्य जागृत रायमाझीको प्रमुख आथ्यितामा सम्पन्न कार्यक्रममा  अखिल क्रन्तिकारीका उपाध्यक्ष  रन्जित तांमाङ, महासचिव बिरेन्द्र बस्नेत र सचिब राजेस्वरि सुबेदी लगायतका विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा माओवादी नेता रायमझीले प्रधानमन्त्री प्रचण्डको सम्पतिको बिषयमा अन्य राजनितकि दलले छरेको भ्रमलाई चिर्दै यदी प्रचण्डको साबृजानिक भएको भन्दा बढी सम्पती प्रमाणित गर्न सक्छन् भने आँफू लगाएतको माओवादीको ठुलो समुह एमाले, काँगे्रसमा प्रबेश गर्न तयार रहेको बताउदै ओखलढुंगाको शैक्षिक रुपान्तरणका लागि अब अखिल क्रान्तिकारीले नेतृत्व गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा माओबादी केन्द्रका पोलिट ब्युरो सदस्य एबं ओखल्ढुङ्गा जिल्ला संयोजक मोहन खड्का क. हिमसिखर नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्यहरु निसान्त शर्मा, रामकुमार कार्की, हेमसागर पराजुलीको उपसिथती रहेको थियो । कार्यक्रममा एमाले र कांग्रेसबाट १६० जनाभन्दा बढी माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

ओखल्ढुङ्गाको शैक्षिक रुपान्तरणको लागि नेतृत्व गर्दैै अखिल क्रान्तिकारीले पौष २० गते जिल्लाको पुर्बी भागको बिद्यालयबाट सुरु गरेको बिद्यार्थी जागरण अभियान माघ १९ गते जिल्लाको सुदुर पस्चिममा रहेको श्री  ग्रामोदय युगकवी सिद्धिचरण उमा वि मा समापन गरीने अखिल क्रन्तिकारी ओखलढुंगाका अध्यक्ष शंकर तिमल्सेनाले बताउनु भएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan