Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

तीन बर्षमा सयौं विद्यालय यसकारण गाँभिए ।

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २० बुधबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २० पुस । पछिल्लो तीन बर्षम देशका विभिन्न भु–भागमा रहेका सयौं विद्यालय गाँभिएका छन् । 
विद्यार्थीको संख्या न्यून भएका कारण झण्डै सवा सात सय सामुदायिक विद्यालय तीन वर्षमा एक आपसमा गाभिएको शिक्षा मन्त्रालयका अधिकारीहरुले बताए ।
 
निजी विद्यालयप्रतिको बढ्दो आकर्षण र बसाइँ–सराई जस्ता अन्य सामाजिक कारणले सामुदायिक विद्यालयमा विद्यार्थीको कमी देखिएको सम्बन्धित निकायहरु बताउँछन् ।
 
राजधानी काठमाडौं सहित कतिपय जिल्लाका सामुदायिक विद्यालयका कक्षा कोठा विद्यार्थी अभावमा रित्ता भएका विवरण हालै सञ्चार माध्यममा आएका थिए ।
 
सरकारले त्यस्तो अवस्था अन्त्यका लागि विभिन्न कार्यक्रम ल्याएको जनाएपनि ती परिणाममुखी बन्न नसकेको बताइन्छ ।
 
शिक्षा मन्त्रालयका अनुसार चालू आर्थिक वर्षको साउन यता गोरखा र कास्की जिल्लाका केही विद्यालयले अर्को विद्यालयमा गाभिनका लागि निवेदन दिइसकेका छन् ।
 
सम्बन्धित जिल्लाको जिल्ला शिक्षा समितिले गरेको सिफारिसका आधारमा अर्को विद्यालयमा मिसिन पाउँ भन्दै निवेदन दिने विद्यालयहरुको संख्या बढ्दै गएको शिक्षा विभागका निर्देशक अनप्रसाद न्यौपानेले बताए ।
 
उनले शहर र गाउँ दुवैमा त्यस्ता विद्यालयको संख्या बढेको भन्दै भने, ‘तीन वर्षको तथ्यांकलाई हेर्दा सन् २०१४/१५ मा ४१७, सन् २०१५/१६ मा १४८ र सन् २०१६/१७ मा १५९ गरी अहिलेसम्म ७ सय २४ वटा विद्यालय गाभिसकिएका छन् ।’
 
विद्यार्थी संख्या नपुगेका ठाँउका विद्यालयलाई भौगोलिक दूरी फरक नपर्ने गरी अर्को विद्यालय रहेको अवस्थामा गाभ्न सकिने व्यवस्था दुई दशकअघिको शिक्षा नियमावलीले गरेको विविसिले जनाएको छ ।
 
पछिल्लो समय पहाडी र हिमाली गाउँहरुमा बढ्दै गरेको बसाइँसराइ र सबै ठाउँमा निजी विद्यालयप्रति बढेको आकर्षणलाई सामुदायिक विद्यालयमा विद्यार्थी घट्नुको कारण मानिएको छ ।
 
नेपालमा ३४ हजार बढी सामुदायिक विद्यालयहरु रहेका छन् । तर अझैपनि देशभर प्राथमिक तहका विद्यार्थीको ठूलो हिस्सा सामुदायिक विद्यालयमै अध्ययन गर्ने गरेका छन् ।
 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan