Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

भारतमा माटोको ढिस्कोमा पुरिएर चार नेपालीको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २१ बिहिबार
newsabhiyan
newsabhiyan

भीमदत्तनगर, २१ पुस । भारतको हिमाञ्चल प्रदेशमा बुधबार साँझ बाटो खन्ने क्रममा ढिस्कोमा पुरिएर चारजना नेपाली मजदुरको घटनास्थलमै मृत्यु भएको छ ।

हिमाञ्चलको सिमला जिल्ला तहसिल रामपुर भन्ने स्थानमा बाटो खन्ने क्रममा चारजना नेपालीको पुरिएर मृत्यु भएको घटनास्थलबाट कञ्चनपुरको झलारीपिपलाडी नगरपापालिका–११ का नरेन्द्रबहादुर विष्टले राससलाई जानकारी दिनुभयो ।

मृत्यु हुनेमा कञ्चनपुरको झलारीपिपलाडी नगरपालिका–११ दीपनगरका लोकेन्द्र विष्ट, दीपेन्द्र विष्ट, कैलालीको सुख्खडका अजबबहादुर विष्ट र बैतडीका रामबहादुर बम रहेका छन् । “तीनजनाको शव ढिस्कोबाट निकालिएको छ ।” विष्टले भन्नुभयो – “थप एकजनाको शव डोजरको सहायताले निकालिँदैछ ।”

छ जनाको सङ्ख्यामा नेपालीहरु त्यहाँ कार्यरत रहेको भए पनि दुईजना खाना पकाइरहेकाले सकुशल रहेको बताइएको छ ।

भारत सरकारले उक्त बाटो खन्ने कामलाई ठेकेदार कम्पनीमार्फत सडक खनाइरहेको थियो । “हामीहरु ठेकेदार कम्पनीमार्फत बाटो खनिरहेका थियौँ ।” विष्टले भन्नुभयो – “म यहाँ अर्कै साइडमा थिएँ ।” रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan