एनसेल प्रकरण : एनसेलको आक्रामक लविङ ! अनुगमन गरि कारबाहि गर्ने को ... ?

न्यूज अभियान ,काठमाण्डौ ,२१ पुस ।
एनसेलको आक्रामक लविङ ! अनुगमन गरि कारबाहि गर्ने को ...?
आम नागरिकको प्रश्न हो यो । नेपाल टेलिकमको फोरजी सेवा सुरु भएपछि छटपटिएको एनसेलले राजनीतिक, सञ्चार र आर्थिक हस्तीहरुलाई ४० करोडसम्म खर्च गरेर एनसेलले फोरजी सेवा पाउनै पर्ने लविङ सुरु गरेको छ ।
नेपाल टेलिकमभन्दा एनसेलको ग्राहक धेरै, राजस्वमा पर्याप्त योगदान र सामाजिक दायित्व पनि निर्वाह गर्दै आएकाले फोर जी सुविधा पाउनुपर्ने दावी एनसेलको रहेको छ ।
यसैवीच अर्थमन्त्री कृष्णबहादुर महरालाई आर्थिक प्रभावमा पारेर फोरजी सेवा पाउने निकट पुगिसकेको एनसेलले महरा मार्फत नै प्रधानमन्त्रीसम्म प्रभावकारी लविङ गरिरहेको छ ।
बाहिरी वातावरण मिलाउन एनसेलका पक्षमा प्रचार तीब्र पार्न विज्ञापनको ओइरो लगाएको छ ।
हेरौं, नेपाल सरकारले पाउनै पर्ने ५३ अर्व लाभकरमा १२ अर्वमात्र तिरेर बाँकी राजस्व पचाएको एनसेलले नेपाल र नेपालीलाई अरु ठग्न ४० करोडसम्म खर्च गरेर फोरजी सेवा पाउला कि नपाउला ?
यो पनि पढ्नुहोस् । एनसेलसँग मन्त्रीको करोडौ डिल, लाभकर नतिर्दै पूँजी बृद्धि ?