Sunday 17th of December | २०७४ पौष २ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बि.सं.२०७३ साल पौष २२ गते शुक्रवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २२ गते शुक्रवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०६ तारिख ।
योगः  शिव, २०ः४१ बजेपछि सिद्ध योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको अष्टमी तिथी, ०८ः५८ बजेपछि नवमी तिथी । 
नक्षत्रः रेवती, १२ः५९ बजेपछि अश्विनी नक्षत्र ।
करणः बव ०८ः५८ बजेसम्म उपरान्त बालव करण ।
चन्द्रमाः  मीन राशिमा, १३ः०० बजेपछि मेष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५७ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२२ बजे ।
राहुकालः १०:५१  बजेपछि १२ः१० बजेसम्म ।
यात्राः उत्तर दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आज दिनको पूर्वार्धको समय केही संघर्षकर रहनसक्ने छ । सामान्यतया कामकार्यमा अल्लि बढी दिग्दारी हुने तथा झमेला व्यहोर्नपर्ने हुनसक्ने छ । मध्यान्हबाट भने क्रमशः सुधार आउने र कामकार्यमा सफलता मिल्ने छ । मनोनुकूल वातावरण बन्ने र मनोकामना पूर्ण हुनेछ । प्रशंसा मिल्ने हुनाले कामकार्यमा उत्साह बढ्ने एवम् खुशी र उमंगको वातावरण छाउनेछ । निमन्त्रणा तथा स्वागत सत्कारको अवसर एवम् कोसेली अािद पनि मिल्नसक्ने सम्भावना देखिएको छ । सहयोगी भेटिने र व्यापार एवम् व्यवसायिक कार्यबाटराम्रो फाइदा उठाउन सक्नुहुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म समयअनुकूल नै रहेको देखिन्छ । तदुपरान्त भने केही संघर्षको अनुभूति हुनसक्ने छ । खर्च बढ्नसक्ने सम्भावना देखिएको छ तथापि स्वकर्ममा रत्रहनाले आकस्मिक आयआम्दानी पनि हुनेछ । कामकार्यमा अबरोधको सामना गर्न पर्नसक्छ । स्वजनसँग विछोडिन पर्ने तथा कसै कसैलाई अप्रिय समाचार सुन्नपर्ने पनि हुनसक्नेछ । भौतिक आसक्ति बढी भएका व्यक्तिहरुलाई चिन्ता बढ्नसक्ने छ । आफ्नो नियतमा सकारात्मक भावना राख्नेलाई सम्भावित प्रतिकूलता कम भई शुभ फल प्राप्त हुनेछ । आज यहाँले माँ भुवनेश्वरीको स्तुति आराधना तथा साधना गर्नु विशेष पूण्यप्रद हुनेछ ।


मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आज आर्थिक लाभ हुने दिन परेको छ । पेशा एवम् व्यवसायबाट औकात तथा हैसियत अनुसारको धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कामकार्यमा सफलता मिल्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोलेराजमान मिल्नसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी प्राप्त गर्नसकिने छ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र मँ इन्द्रायणीको स्तुति गर्नु शुभकर हुनेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर ग्रह अनुकूल देखिएको छ । मानप्रतिष्ठा बढ्ने, पदीय हैसियत फराकिलो हुने, थप जिम्मेवारी मिल्नसक्ने आदि सकारात्मक फल मिल्नसक्ने छ । उच्चस्थ व्यक्ति तथा अधिकारीसँग भेट्घाट हुने र सरकारी निकाय आदिबाट सम्पन्न हुने कामकार्य सम्पादन गर्नसकिने छ  । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन्, ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । आज तपाईँको लागि एक अङ्क, रातो रङ्ग र माता पिता तथा मान्यजनको दर्शन भेट् एवं सेवा गर्नाले शुभफल बढाउन मद्दत हुनेछ ।


सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन मध्याह्न उपरान्त क्रमशः सहज बन्ने देखिन्छ । भाग्य एवम् धर्म बृद्धि हुने ग्रहयोग परेकोले उपयुक्त विषयमा मन जानेछ । अध्यात्मिक तथा आस्तिक भावना बढ्ने र धार्मिक कार्यमा संलग्न हुन सकिने छ । कसैकसैलाई तीर्थ यात्राको सम्भावना पनि रहेको देखिन्छ । महत्त्वपूर्ण योजना एवम् व्यवसायिक कार्यको बारेमा पनि सरसल्लाह हुनसक्ने छ भने पेशागत क्षेत्रबाट राम्रो लाभ उठाउन सकिनेछ । आज यहाँको लागि धार्मिक क्षेत्रलाई सहयोग गर्नु, नौं अङ्क, पहेंलो एवं रातो रङ्गको प्रयोग फापकर हुनेछ । 

कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन पूर्वार्ध ठिकै रहने छ । विशेष कामकार्य सम्पादन गर्नु छ भने गरिहाल्नु बुद्धिमानी हुनेछ । मध्यान्ह उपरान्त गोचरग्रह अल्लि प्रतिकूल हुने लक्षण देखिएको छ । तसर्थ सावधानीपूर्वक व्यवहार गर्नुपर्ला । स्वास्थ्यमा प्रतिकूलता आउनसक्ने सम्भावना रहेकोले आहारविहार र कामकार्यमा जुट्दा तथा यात्रा गर्दा ख्याल पुर्याउनुहोला । कामकार्यमा पनि अबरोध आउनसक्ने छ भने कमजोरी खोजेर बसेकाहरु सलबलाउन सक्नेछन् । आज यहाँले फजुलको हतार नगरेकै बुद्धिमानी हुनेछ । आठ अंक, रातो रङ्गको प्रयोग आज यहाँको लागि शुभ हुनेछ भने ।   

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन थातिरहेको काम पूरागर्ने मौका मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ गर्नसकिने छ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्याह्नबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ । महत्त्वपूर्ण काममा भने केही अबरोध आउनसक्ने छ निवारणको लागि पवनपुत्र हनुमानको सेवा आराधना उपयुक्त हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन अनुकूल देखिएको छ । स्वास्थ्यमा आरोग्यता र मानसिक हिम्मत एवं शरीरमा क्षमता बढ्ने छ । आज विशेष संघर्ष गर्न पनि सकिने छ । प्रतिस्पर्धामा विजय प्राप्ति हुनेछ । खेलाडिको लागि दिन विशेष उपलब्धिमूलक रहनेछ भने अन्यको लागि पनि पुरुषार्थकर नै हुनेछ । लक्ष्मीकृपा समेत हुने गोचर परेकोले धनऐश्वर्यमा बढोत्तरी हुनेछ भने  प्रशंसनीय कार्य सम्पादन गर्नसकिने छ । विपक्षीहरु पनि सम्झौता गर्न आउन खोज्ने छन् । रणनीतिक योजना सफल हुनेछ । व्यवसायिक उन्नति हुने तथा यात्रायोजना बन्ने र प्रेमसम्बन्ध पनि सफल हुने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन गोचर विद्यार्जनमा सकारात्मक छ । विद्यार्थीको लागि दिन बढी उपयोगी रहनसक्ने छ । प्रवचन संभाषण क्षेत्रको पेशा हुनेहरुको लागि पनि उपलब्धि मूलक हुनेछ । यो राशि हुने अन्य सर्वसाधारणको लागि पनि बुद्धिविवेकमा बृद्धि हुने तथा त्यसको सदुयोग गर्न पाइने छ । प्रतिष्ठा र छविको बचस्व स्थापित हुने तथा प्रशंसा मिल्नेछ । सैद्धान्तिक पक्षमा खरो उत्रन सकिने छ । व्यवसायमा प्रगति र आर्थिक लाभको योग छ । नयाँ प्रेमसम्बन्धको साइत जुर्न सक्नेछ । पारिवारिक सम्बन्धमा सुधार आउनेछ । आज यहाँलाई पाँच अंक, रातो रङ्गको उपयोगिता शुभप्रद हुनेछ भने शिक्षाक्षेत्रलाई सहयोग गर्नु पूण्यकर हुनेछ ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आज संकोचित विचार बढ्नसक्ने भएकोले दिन त्यति सहज नहुनसक्छ । सहकर्मी तथा साथीभाईसँग अनायासै मनमुटाव बढ्नसक्ने छ, व्यवहारिक ढङ्गबाट सावधानी अप्नाउनु होला । मानसिक अस्थिरता बढ्ने तथा मानसिक कष्ट एवम् वेचैनी हुनसक्ने छ । तर्कशक्ति बलियो हु“दाहु“दै पनि आफ्नै मनको संकोचित विचार घातक हुनेछ भने समयले पश्चाताप पार्न खोज्ने तथा कार्यक्षेत्रमा पनि विभिन्न अबरोध आउनसक्ने सम्भावना देखिएको छ । हतोसाहित नभई धैर्य धारण गरी लगनशीलतापूर्व आफ्नो कार्यमा साधना गर्नाले अन्तिममा केही सफलता हातपार्न सकिने छ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज फलिफाप ग्रहगोचर परेको छ । शारीरिक एवम् मानसिक शक्तिको भरपुर प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । महत्त्वपूर्ण काम सम्पादन हुनसक्ने ग्रहगोचरको लक्षण देखिएको छ । प्रसस्तै शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने मन लाग्नेछ । विशेष कामकार्य सम्पादन गर्न सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पनि पाइनेछ । बन्धुबान्धवबीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । पेशागत क्षेत्रबाट यथोचित आर्थिक उपार्जन गर्न सकिनेछ ।


मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन दिनलाई सकारात्मक नै मान्न सकिन्छ तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको केही अबरोध देखिएको छ । जसले गर्दा मुख्यकाम कार्यमा अल्लि कठिनाई भने पर्नसक्ने छ । त्यसको लागि केही उपाय अबलम्बन गर्नु उपयुक्त हुनेछ । बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा पनि सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रङ्गको प्रयोग शुभ रहने छ भने भैरवदेवको श्रद्धाभक्ति गर्नु हितप्रद हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan