• FB
  • FB
  • FB
Monday 27th of February | २०७३ फाल्गुण १६ सोमबार

बि.सं.२०७३ साल पौष २३ गते शनिवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २३ गते शनिवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०७ तारिख ।
योगः  सिद्ध, १७ः३९ बजेपछि साध्य योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको दशमी तिथी । 
नक्षत्रः अश्विनी, ११ः३२ बजेपछि भरुणी नक्षत्र ।
करणः तैतिल १७ः४४ बजेसम्म उपरान्त गर करण ।
चन्द्रमाः  मेष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२३ बजे ।
राहुकालः ०९ :३३  बजेपछि १०:५२ बजेसम्म ।
यात्राः ईशान दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिन अबरोध हुँदा हुँदैपनि केही लाभ एवम् सफलता हासिल गर्नसकिने छ । तथापि महत्त्वपूर्ण कार्य सम्पादन गर्न केही उपाय अवलम्बन गर्नु बुद्धिमानी हुनेछ । सामान्यतया व्यवसायिक लाभ एवम् भौतिक उपलब्धि हुनेछ । रोकिएर रहेका केही कार्य बनाउन सकिने छ । सम्मान मिल्ने तथा कार्यक्षेत्रमा जिम्मेवारी थपिनसक्ने छ भने नयाँ कार्यमा लगानीको अवसर मिल्नसक्ने देखिन्छ । आज यहाँलाई एक अंक, रातो रङ्ग शुभ रहने छ भने अढैया शनिश्चरको दोष निवारणको लागि शनिमहाँकाल दर्शन आदि गर्नु शुभप्रद हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन दैनिक एवं पारिवारिक आवश्यकताहरु थपिने र खर्चको मात्रा बढ्नसक्ने  छ । कामकार्यमा पनि प्रत्यक्ष वा अप्रत्यक्ष बाधा विघ्नता आउने, समर्थन जुटाउन अल्लि गार्हो पर्नेछ, तथापि नसोँचिएको तर्फबाट राम्रो टेवा मिल्नेछ र केही उपलब्धि पनि हुनेछ । चोटपटक तथा दुःखविमारको सम्भावना छ, यात्रा एवं चलखेलमा र खानपानमा ख्याल पुर्याउन जरुरी छ । केही संघर्ष पर्यो भन्दैमा मानसिक विचलन गरी हाल्न भने पर्दैन, सामान्यतया प्रतिष्ठामा आ“च आउने र केही प्रतिकूल जस्तो देखिएपनि अन्तिम घडीमा केही सफलता पनि मिल्नेछ । तीन अङ्क एवं पहेंलो रङ्गको प्रयोग र हनुमान भक्ति आज तपाईँको लागि फाइदाकर हुनेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन आम्दानीकर देखिएको छ तथापि विशेष अपेक्षा गरेको अर्थोपार्जन वा उपलब्धि हुनलाई केही अबरोध भने हुनसक्ने छ । जसको निवारणकोलागि गुरु गणेशको सेवाआराधना उपयुक्त हुनेछ । बाँकी क्रियाकलापमा गोचर ग्रहले राम्रै साथ दिएकै छ । सामान्यतया व्यवसायिक क्षेत्रबाट लाभ गर्न सकिनेछ भने अन्य पेशाको क्षेत्रमा पनि सफलता मिल्नेछ । इष्टजनसँग पनि भेट्घाट हुन र शुभसमाचार सुन्न पाइने दिन रहेको छ । अध्ययनको पक्षमा पनि गोचर प्रभाव सकारात्मक देखिन्छ । प्रेमसम्बन्ध पनि बलियो बन्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन गोचर अनुकूल एवं उपलब्धिमूलक रहनेछ । व्यवसायिक कर्मक्षेत्रमा राम्रो उन्नती हुनसक्ने देखिन्छ । संसर्गी एवं कार्यक्षेत्रमा सौहार्दतापूर्ण वातावरण बन्ने छ । शुभेच्छुकहरु बढ्ने छन् भने राजनीति वा समाजसेवामा जिम्मेवारी तथा पदीय हैसियत थपिन सक्ने छ । ईष्टकार्यको लागि उत्तम अवसर मिल्नेछ । अवसरको सदुपयोग गर्ने र नमात्तिने गर्नाले राम्रो उपलब्धि हातपार्न सकिनेछ । उच्च वर्गसँग सम्बन्ध विस्तार हुनसक्ने सम्भावना पनि देखिएको छ जसको सदुपयोग गर्नक्नु बुद्धिमानी हुनेछ । आज तपाईँलाई एक अङ्क, रातो रङ्गको उपयोग र मान्यजनको आर्शिवाद लिनु तथा भगवान हनुमानदेवको ध्यानसाधना गर्ने गर्नु शुभदायक हुनेछ ।

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन अध्यात्मिक ज्ञान तर्फ मन उत्प्रेरित हुने र धार्मिक कार्य सम्पादन हुनसक्ने छ । समाजसेवाका कार्यमा पनि सहभागि हुने अवसर मिल्नेछ । व्यवसायमा लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने केही अगाडि बढ्ने छन् । जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र शनिदेवको स्तुति गर्नु शुभ हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन सोँचेभन्दा बढी संघर्ष पर्ने खालको देखिएको छ । स्वास्थ्यमा प्रतिकूलता पर्नसक्ने सम्भावना रहेकोले आहारविहारमा ख्याल पुर्याउन जरुरी हुनेछ । कार्यक्षेत्रमा पनि केही अबरोध सृजना हुनसक्ने तथा काम बिग्रनसक्ने छ, हतार नगर्नु नै बुद्धिमानी हुनेछ । धैर्यता र संयमले तनावलाई व्यवस्थापन गर्नु उचित हुनेछ । विभिन्न तनाब व्यहोर्न पर्नसक्ने कुरालाई गोचरले लक्षित गरिरहेको छ । आज यहाँले सूर्यनारायणलाई अघ्र्य दिनु तथा स्तुति गर्नु उपयुक्त हुनेछ । भने मान्यजनको आर्शिवाद लिनु पनि शुभकर हुनेछ । 

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन आमोद–प्रमोद तथा विलासवृतिको चाहना बढ्ने ग्रहगोचर परेको छ । गलतनियत भएको विपरितलिङ्गीको झमेला पर्नसक्ने खतरा पनि छ होस पुर्याउनु होला । अन्यथा पछुतो हुन सक्नेछ । पेशा तथा व्यवसाय तर्फ पनि ब्याबधानको सामना गर्नुपर्ने हुनसक्ने छ । औपचारिक कार्यक्रम आदिमा पनि सरिक हुनपाइने सम्भावना छ । विवाह प्रस्तावको विषयमा विशेष विचार पुर्याउन जरुरी हुनेछ । आज यहाँको लागि सात अङ्क, सेतो रङ्गको प्रयोग र हनुमानदेवको स्तुति भक्ति तथा दर्शन गर्नु शुभप्रद हुनेछ ।

वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन समय तथा अवसरको सदुपयोग गर्नसकेको खण्डमा अनुकूल एवम् सफल रहनेछ । प्रतिस्पर्धामा सफल भइने छ भने स्वकार्यबाट पनि राम्रो उपलब्धि गर्न सकिने छ । जागिर आदि पेशाको क्षेत्रमा पनि स्याबासी तथा प्रशंसा मिल्नेछ । स्वास्थ्यमा आरोग्यता प्राप्त हुने तथा कान्तिमा बृद्धि हुनेछ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धात्मक कार्यमा  सफलता मिल्नेछ । विरोधीपक्षसँग आफ्नोपक्षमा सम्झौता गर्न सकिने छ । आज यहाँलाई हरियो रंग, छ अंकको प्रयोग अनुकूल रहने छ भने विपक्षिको सम्मान गर्न जानेको खण्डमा रणनीतिक रुपमा फाइदा लिन सकिने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन ज्ञानक्षमतालाई बढाउने तथा त्यसको सदुपयोग गर्ने अवसर मिल्नेछ । आज तपाईको विद्याबुद्धिको मान्छेहरुले प्रशंसा पनि गर्ने छन् । विद्यार्थीहरुको लागि दिन बढी अनुकूल सावित हुनसक्ने छ । शिक्षण, अध्ययन एवम् लेखनमा राम्रो प्रगति गर्नसकिने छ । सन्तानपक्षबाट पनि आज सकारकात्मक भूमिका निर्वाह हुनेछ । व्यवसायिक पक्षपनि मज्बुत हुने र पेशा अनुसारको आयआम्दानी हुनेछ । नीति तथा सैद्धान्तिक पक्षमा यहाँको अडानले ठूलो अर्थ राख्नेछ भने यहाँको मार्गदर्शनको अनुसरण गर्ने योग्यपात्रहरु पनि भेटिनसक्ने छन् ।

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन केही सावधानी अप्नाउनु पर्ने देखिएको छ । अनायाशै वादविवाद तथा मनमुटावको सम्भावना देखिएकोले जनजीवन एवम् बोलीचालीको व्यवहारमा विचार पुर्याएर मात्रै काम गर्नुपर्ला । केही पारिवारिक समस्यासँग मुकाविला गर्नपर्ने र आँटेताकेको काममा विलम्ब हुने तथा अनर्थजन्य लक्षणहरु प्रतित हुनसक्ने ग्रहगोचरीय अवस्था देखिएकोले संयम गर्न जरुरी हुनेछ । नियत सफा राखेर गरिने कार्यबाट केही लाभ गर्न भने सकिनेछ । आज चार अंक, सेतो रङ्ग यहाँको लागि उपयुक्त हुनेछ भने आमा समानका व्यक्तित्त्वको आर्शिवादले यहाँलाई हित गर्नेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज उद्यमकार्य सम्पादन गर्ने दिन छ । पुरुषार्थ बढ्ने र कामकार्यमा निकै मनलाग्ने छ भने विशेष कार्यकोयोजना पनि बन्नसक्ने छ । अभिष्ट सिद्धि तथा स्फुर्तिकर ग्रहयोग परेको देखिन्छ, समयको सदुपयोग गरेर अर्थात उन्मादि फुर्तिलाई संयम गरेर अगाडि बढेमा बा“की रहेको कार्य पूर्ण गर्नसकिने छ भनेमहत्त्वपूर्ण कार्ययोजना तथा विचारविमर्श हुने र व्यवसायिक लाभ प्राप्त गर्नसकिने छ । आज यहाँले भैरवदेवको सेवा आराधना गर्नु थप सफलता कारक हुनेछ भने हरियो रंग र तेस्रो क्रमसँख्यालाई ग्रहण गर्नु उपयुक्त हुनेछ ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सकारात्मक नै देखिएको छ । तथापि हुनपर्ने जति काम हुनलाई ग्रहको अबरोध देखिएको छ । निवारणको उपाय अबलम्बन गरी अघि बढ्नु उपयुक्त हुनेछ । तथापि बोलीवचनको प्रभाव सकारात्मक नै पर्नेछ भने आर्थिक क्षेत्र पनि अनुकूल नै देखिएको छ । परोपकार एवम् समाजसेवाका कार्यमा सरिक हुने मौका मिल्नसक्ने छ भने नाता–कुटुम्ब सम्बन्धमा केहीहद्सम्म सुधार आउनेछ । आज यहाँहरुको लागि दुई अंक, सेतो रंग शुभ रहने छ । ग्रहबाधा निवारणको लागि भैरवदेवको दर्शन भक्ति तथा पूजा आजा गर्नु उपयुक्त हुनेछ । 

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan