Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रेरणाको अर्बको दाइजो सर्वोच्चद्वारा फिर्ता, ट्रष्टको दाबी यस्तो छ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २२ पुस । तत्कालीन राजा ज्ञानेन्द्र शाहले छोरी प्रेरणा सिंहलाई दाइजो दिएको छाउनीस्थित १५ रोपनी एक आना जग्गा सरकारमातहत आएको छ । सर्वोच्च अदालतले बिहीबार उक्त जग्गा सरकारकै भएको फैसला दिएको छ । पूर्वराजदरबारको नाममा रहेको जग्गा र महलको चल्तीको मूल्य करिब एक अर्ब हुन्छ ।

प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीशद्वय दीपक कार्की र सपना मल्लको संंयुक्त इजलासले दाइजोको जग्गा सरकारकै नाममा ल्याउने फैसला गरेको हो ।

तत्कालीन राजदरबारका नाममा रहेको जग्गा सरकारले नेपाल ट्रस्टका नाममा ल्याउने तयारी गरिरहेका वेला पूर्वराजा ज्ञानेन्द्रले छोरीलाई दाइजो दिएका थिए । सरकारले १ पुस ०६४ मा नेपाल ट्रस्ट अध्यादेश, २०६४ अनुरूप उक्त जग्गा ट्रस्टमा राख्ने निर्णय गरेको थियो । सरकारको निर्णयपछि प्रेरणाले कानुन अनुसार बाबुबाट दाइजो पाएको जिकिर गर्दै आफ्नै नाममा गरिदिन सर्वोच्चमा रिट दायर गरेकी थिईन ।

अन्तरिम संविधान र अध्यादेश लागू हुनुअघि नै आफ्नो हकभोग स्थापित भइसकेको प्रेरणाको जिकिर थियो ।तत्कालीन प्रधानन्यायाधीश रामकुमारप्रसाद शाह र न्यायाधीश चोलेन्द्रशमशेर जबराले ट्रस्टको नाममा गरिएको दर्ता खारेज गरी प्रेरणाकै नाममा दर्ता हुने परमादेश जारी गरेका थिए ।

प्ररेणाको दाबी

काठमाडौ महानगरपालिका–१३ को कित्ता नम्बर २५ को करिब १५ रोपनी जग्गामाथि पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणा राज्य लक्ष्मी सिंहले दाबी गरेकी छन् ।

सिंहले २०६२ जेठ १० मा तत्कालीन राजा राजा ज्ञानेन्द्र शाहबाट दाइजो स्वरुप प्राप्त गरेको दाबी गरेकी छन् । उनले आफ्नो नामको जग्गा नेपाल ट्रष्टले हडपेको भन्दै आफ्नो नाममा कायम गराउन माग गर्दै २०७१ माघ २५ गते अदालतमा मुद्दासमेत दायर गरेकी थिइन् ।

तर, नेपाल टष्टले भने उक्त जग्गा २०६४ सालसम्म श्री ५ महाराजधिराजको नाममा रहेकोले स्वतः नेपाल टष्टमा आउने दाबी गर्दै २०६७ असोज ८ गतेको मन्त्रीपरिषद्को बैठकले जग्गा ट्रष्टको स्वामित्वमा ल्याउने निर्णय गरेको थियो ।

मालपोत कार्यालय कंलकीले २०६४ पुस ३ गते ट्रष्टलाई पत्र लेखी उक्त जग्गा श्री ५ महाराजधिराज नारायणहिटी राजदरबारको नाममा रहेको जानकारी दिएको थियो । 

ट्रष्टको दाबी यस्तो छ

नेपाल ट्रष्ट ऐन २०६४ ले राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुको परिवारको देहावसान हुदाको बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार,मन्त्रपरिषद्ले निर्णय गरेको सम्पत्ति राष्ट्रियकरण हुने उल्लेख गरेको छ ।

प्रेरणाले दाबी गरेको जग्गा श्री ५ महाराधिराज नारायणहिटी राजदरबारको नाममा छ । उक्त जग्गा उनका बाबु पूर्व राजा ज्ञानेन्द्र शाहमा नामसारी पनि भएको छैन । आजको नयाँ पत्रिका दैनिकमा खबर छ  । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan