Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको शालीक भत्काउने अभियान चलाए !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

-दीर्घराज प्रसाई

पृथ्वीनारायण शाहले नेपालको एकीकरणको महायक्षमा सक्रिय बनेर कान्तिपुर विजय गरेपछि कान्तिपुर, ललीतपुर, भक्तपुरमा इसाईहरुले प्रभाव जमाएर धर्मपरिवर्तन गराइरहेको थाहा पाएर उपत्यकाबाट इसाई पादरी केपुचीन अन्य इसाईहरुलाई निस्कासन गरेका थिए ।

यसरी इसाईहरुलाई यो क्षेत्रबाट लखेटेपछि उनीहरु नेपालको हिन्दु अधिराज्य र पृथ्वीनारायण शाहसँग आक्रोशित भएकाले नेपालमा हिन्दुत्व र पृथ्वीनारायण शाह र उनले एकीकरण गरेको भूमिलाई ध्वस्त बनाउन पर्खेर बाटो हेरर बसेका थिए । नेपालमा उनीहरुले चाहेको जस्तै माओवादीभित्रका बाबुराम भट्टराई भेट्टाए ।

बाबुराम क्याथोलीक भएकाले उनीहरु मार्फत नैं यृथ्वीनारायण शाहको शालीक भत्काउने, राष्ट्रिय एकता ध्वस्त गराउनमा सरिक गराए । त्यसपछि विदेशीहरुको आडमा बाबुराम भट्टराईहरु जस्ता गद्दारहरु नेपालमा देखा परे ।

२०६३ सालपछि गोर्खामा नैं जन्मिएका बाबुराम भट्टराईले पृथ्वीनारायण शाहको अपमान गर्न अनेको कुतर्क प्रस्तुतगर्दै पृथ्वीनारायण शाहलाई सामान्तीका नाइके भनेर कान्तिपुरमा लेखे– ‘पृथ्वीनारायण शाहले सामान्ती राज्य सुरु गरे ।

पृथ्वीनारायण शाहले धार्मिक आधारमा खस आर्यहरुलाईृ माथिल्लो जातको मान्ने र अरु जातहरुलाइृ तल्लोजातका मान्ने गर्थे । पृथ्वीनारायण शाहले निर्माण गरेको राज्य वर्गीय र जातीय उत्पिडनमा आधारित थियो’ भन्दै राष्ट्र निर्माताको बिरुद्ध बिष वमनगर्दै आएका थिए । यिनै भट्टराईले कथित जनयुद्धको बेला पृथ्वीनारायण शाहको शालीक भत्काउने अभियान चलाए ।

पृथ्वीनारायण शाहले उपत्यका विजय गरिसकेपछि यहाँबाट हिन्दु अस्मिता समाप्त गर्ने इसाईहरुलाई धपाएकाले बाबुराम भट्टराई समेत इसाई भएकाले त्यही डाहाले उनले पृथ्वीनारायण शाह र राष्ट्रिय एकता दिवसप्रति प्रतिशोध राखेर २०६३ सालपछि हामी नेपालीहरुले औपचारिक रुपमा राष्ट्रिय एकता दिवस हटाउन गिरिजाप्रसाद र उनका गृहमंत्री कृष्ण सिटौलालाई दबाब दिएर हटाएका थिए ।

लेखकका यी  विचार निजी हुन् - प्रधान सम्पादक ।


 

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan