Sunday 20th of August | २०७४ भदौ ४ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मुलुकभर विहिबार र शुक्रबार कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं,२२ पुस । मुलुकभर विहिबार र शुक्रबार कहाँ के भयो ? मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा रिपोर्ट- 
सवारी दुर्घटनामा मृत्यु तथा घाइते
काभ्रे । सरमथली–८ स्थित बुडाल पचुवारघाट भित्री सडक खण्डमा बा.१६ च ८०९१ नम्बरको बलेरो जिप  अनियन्त्रित भई सडकबाट अन्दाजी ७० मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार ६ जना मध्य जिप साहु सरमथली–८ बस्ने ३८ बर्षीय कामिसिंह तामाङ र सानुराम तामाङको मृत्यु भएको छ ।

दुर्घटनाममा कामिसिंहको घटनास्थलमै र सानुरामको नर्भिक अस्पताल थापाथलीमा उपचारको क्रममा विहिबार मृत्यु भएको हो ।  दुर्घटनामा सोही ठाउँ बस्ने ५ बर्षीय सबिन तामाङ, ८ बर्षीय सन्देश तामाङ र ५५ बर्षीय कान्छा लामा घाइते भएकोले धुलिखेल अस्पतालबाट थप उपचारको लागि नर्भिक अस्पताल थापाथली काठमाडौँ लगिएको छ ।

दाङ - घोराही नगरपालिका–११ स्थित भित्री सडकमा लु.२८ प ८४७ नम्बरको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ स्थित रहिल ग्रिल उधोगमा काम गर्ने भारत बलरामपुर घर भएका २२ बर्षीय बब्बु बिश्वकर्मा र १६ बर्षीय निमतुल्ला सिद्धिकीलाई ठक्कर दिंदा मोटरसाइकल चालक घोराही नगरपालिका–११ बस्ने बर्ष १७ को समिर बि.क. समेत घाइते भएकोले उपचारको लागि राप्ती उपक्षेत्रीय अस्पताल घोराही पठाइएकोमा बब्बु बिश्वकर्मा र निमतुल्ला सिद्धिकीलाई थप उपचारको लागि मेडिकल कलेज कोहलपुर बाँके पठाइएकोमा उपचारको क्रममा विहिबार  निमतुल्ला सिद्धिकीको मृत्यु भएको छ ।

रुपन्देही - सिद्धार्थ नगर नगरपालिका–३ बाईपास स्थित हुलाकी सडक खण्डमा ना.४ ख ७९४० नम्बरको ट्रकले बुधबार लु.३१ प ६७२८ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक धकधई–३ बस्ने २५ बर्षीय  बिजय कुमार मल्लाह र २४ बर्षीय राम ललित मल्लाह गम्भीर घाइते भएकोले उपचारको लागी मेडिकल कलेज भैरहवा पठाइएकोमा उपचारको क्रममा बिजय कुमार मल्लाहको मृत्यु भएको छ । ट्रक र चालकलाई प्रहरीले  नियन्त्रणमा लिएको छ ।
तनहुँ - आँबुखैरेनी नगरपालिका–१ सत्रसय स्थित पृथ्वी राजमार्गमा अन टेष्ट ट्याक्टरमा सवार २० बर्षीय  पबिन्द्र मिश्र ट्याक्टरबाट खस्न जाँदा घाइते भएकोले उपचारको लागी गण्डकी अस्पताल पोखरा पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

खोटाङ - जाल्पा–३ लमर्खु स्थित ना.५ त ६६०१ नम्बरको ट्याक्टरको ट्रलीमा सवार राजापानी–५ बस्ने ५५ बर्षीय पदम बहादुर श्रेष्ठ (लेवर) बुधबार ट्रलीबाट खसेर गम्भीर घाइते भएकोले उपचारको लागी जनसेवा सामुदायिक अस्पताल जाल्पा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 सवारी दुर्घटनामा मृत्यु  

झापा - विर्तामोड नगरपालिका–२ चारपाने स्थित पूर्वपश्चिम राजमार्गमा मे १ च ३११५ नम्वरको बोलेरो जिपले मे ३ प ४७७२ नम्वरको मोटरसाइकललाई विहिवार ठक्कर दिदाँ मोटरसाइकल सवार झापा महाभारा ७ बस्ने २७ वर्षीय लोखचन राजवंशी र २५ वर्षीय अरुण राजवंशी गम्भीर घाइते भएकोले बि.एण्ड.सि अस्पताल विर्तामोड लगिएकोमा उपचारको क्रममा दुवै जनाको मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
धनुषा - शान्तिपुर–८ बिनटोलस्थित भित्री सडक खण्डमा ज.१ त ८००८ नम्वरको ट्याक्टरले पैदल यात्री सोही ठाँउ वस्ने श्याम मुखिया बिनको ७ वर्षीय छोरा कृष्ण मुखिया बिनलाई विहीवार ठक्कर दिदाँ घटनास्थलमै मृत्यु भएको छ ।  ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

पुलबाट खसेर मृत्यु 
नवलपरासी -   मध्यविन्दु नगरपालिका–७ चोरमारा स्थित महेन्द्र राजमार्गमा रहेको चोरमारा पुलबाटनाम,थर,वतन खुल्न नसकेका अंदाजी २५ बर्षीय पुरुष व्यक्ति खस्न जाँदा गम्भीर घाइते भएकोले उपचारको लागि मध्यविन्दु सामुदायिक अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।

मृत अवस्थामा फेला 

काठमाडौँ -
काठमाडौँ महानगरपालिका–५ हाँडीगाउँ डवलीचोक स्थित पार्टीमा नाम,थर,वतन खुल्न नसकेका अंदाजी ५५ बर्षीय पुरुष व्यक्ति सुतिरहेको स्थानमा मृत अवस्थामा फेला परेका छन् ।
ललितपुर - ललितपुर उपमहानगरपालिका–१४ नख्खिपोटमा शुक्रबार नाम,थर,वतन नखुलेको ५० बर्षीय  पुरुष ब्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

श्रीमतीको हत्या गरी फरार  
कपिलवस्तु - कपिलबस्तु नगरपालिका–१० सडवा बस्ने २३ बर्षीय हाउ पासीले शुुक्रबार आफ्नै २४ बर्षीया श्रीमती पुनिता पासीको हत्या गरी फरार भएका छन्
जंगली हात्तीको आक्रमणबाट मृत्यु 
ईलाम - 
सागफारा–२ बस्ने ८४ बर्षीय जय प्रसाद लिम्बुको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको छ । शुक्रबार आफ्नै घर अगाडी बाटोमा जंगली हात्तीले आक्रमण गर्दा गम्भीर घाइते भएका उनलाई उपचारको लागी अरनीको अस्पताल उर्लाबारी लगिएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan