• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

जानकीमा भन्दा बैशमा नजर लगाएको आरोप लाग्यो रामजिलाई (भिडियो सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan

काठमाडौं, २२ पुस । नेपाली लोक गीत संगीतको कुनै नौलो नाम होइन जानकी तारामी मगर। दर्जनौ एल्बम निकालिसकेकी तारामी मगरले सयौं गीतमा आफ्नो आवाज भरिसकेकी छिन । समय अनुसार दर्शक श्रोताको मन बुझ्ने गीत निकाल्न माहिर छिन गायिका जानकी । 

समय अनुसार भन्दै गर्दा लोक गीतको मर्मलाई पनि आत्मासाथ गर्छिन, अधिकाम्स तीज गीतमा चर्चा बटुलेकी जानकिले यो पटक यूवायूवतीलाई लक्षित गरेर बिल्कुलै आधुनिक लोक दोहोरी गीत झम्के माया बजार ल्याएकी छिन ।

दर्शक श्रोतालाई फरक फरक स्वाद दिलाउने तारामिलाई यस गीतमा अहिले कै सर्वाधिक चर्चित गायक रामजी खाणले स्वरमा साथ दिएका छ्न् । चर्चित शब्द संकलक एक नारायण भण्डारीले लेखिएको यस गीतमा रामजी खाणले संगीत भरेका छ्न् भने सनराईज म्यूजिक प्रालीको प्रस्तुति रहेको छ ।

हजारौं म्यूजिक भिडियो निर्देशन गरिसकेका सफल निर्देशक प्रकाश भट्टको निर्देशनमा छायांकन गरिएको यस गीतमा रामजी खाण र बहुचर्चित मोडल पार्बती राई ले अभिनय गरेका छ्न् । साइ भिजन प्रालिको दृश्य निर्माणमा तयार भएको यो गीत सबैको मन मस्तिष्कमा बस्नेमा सम्पुर्ण यूनिट आशाबादी छ्न् । 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan