Thursday 21st of September | २०७४ असोज ५ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

मधेसी दलहरु धर्म संकटमा

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २२ पुस । सर्वोच्च अदालतले संविधान संशोधन संसदको कार्यक्षेत्र भनिदियो तर सिमांकनको विषय प्रदेश सभाले गर्नुपर्ने किटानी फैसला पनि सुनाइ दियो ।

सरकारको संविधान संशोधन प्रस्ताव २४ गते संसदमा पेश त हुन्छ तर त्यसले ५ नम्बर क्षेत्र टुक्य्राउने काम गर्नसक्ने छैन । यसैले मधेसी मोर्चाका दलहरुले संविधानमा प्रदेश सभाले सिमांकन गर्ने भन्ने धारा नै संशोधन गर्ने प्रस्ताव ल्याउने भएका छन् ।

जुन सुकै प्रस्ताव ल्याए पनि एमाले सहितका ९ दल एक तिहाई बहुमतका साथ पहाड बनेर उभिएकाले संविधान संशोधन हुनसक्ने छैन । यही झगडाका कारण चुनाव घोषणा र चुनावी वातावरण पनि धमिलिदै गएको छ ।

निर्वाचन आयोगले केही दिन यस्तै अवस्था रहने हो भने २०७४ माघ ७ भित्र कुनै पनि निर्वाचन हुन नसक्ने र संवैधानिक संकट पर्ने देखिन्छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan