• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

कान्तिबाल अस्पतालमा ३४ श्ययाको सघन उपचार कक्ष थप

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार

काठमाडौँ, २२ पुस । नेपालको एक मात्र बाल अस्पतालका रुपमा रहेको कान्ति बाल अस्पतालमा (आइसियु) सघन उपचार कक्ष बढाएर ५२ श्ययाको बनाइएको छ ।

आज अस्पतालको ५५औँ वार्षिकोत्सवका अवसरमा स्वास्थ्यमन्त्री गगनकुमार थापाले नयाँ आइसियु कक्षको उद्घाटन गर्नुभयो ।

आइसियु कम हुँदा देशका विभिन्न ठाउँबाट आएका थुप्रै बिरामीले अन्य निजी अस्पतालमा गएर उपचार गराउनुपर्ने बाध्यता थियो । यसअघि अस्पतालमा १८ वटा सघन उपचार कक्ष रहेका थिए भने अहिले ३४ श्यया थप गरी ५२ श्यया पु¥याइएको हो ।

अब अस्पतालमा नवजात शिशु राख्नका लागि २५ वटा श्यया, २८ दिनदेखि १४ वर्षसम्मका बच्चा राख्नका लागि १० वटा श्यया र शल्यक्रिया पछि राख्नका लागि वटा १० श्यया सघन उपचार कक्षमा छन् र सरुवा रोग लागेका बच्चालाई राख्नका लागि दुई वटा श्यया उपलब्ध हुने भएको छ ।

कार्यक्रममा स्वास्थ्यमन्त्री थापाले अस्पताल सुधारका लागि स–साना कुराले ठूलो फरक पार्ने भएकाले त्यस्ता कुरामा ध्यान दिनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “देशका जुनसुकै स्थानबाट कान्तिमा उपचारका लागि आउने बालबालिका श्यया नपाएर वा चिकित्सकको समय नपाएर फर्कनुपर्ने अवस्थाको अन्त्य गर्न मन्त्रालय लागिपरेको छ ।

अस्पतालले सुधारका योजनाका लागि आवश्यक कार्यक्रम बनाई पेस गरेमा तुरुन्तै सहयोग गर्न मन्त्रालय प्रतिबद्ध छ ।”

अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा कृष्ण पौडेल देशका विभिन्न स्थानबाट आकस्मिक कक्ष र बहिरङ्ग कक्षमा गरी झन्डै ७०० बिरामी बच्चा लिएर अभिभावक आउने गरेको बताउनुुहुन्छ । तीमध्ये १० प्रतिशत अर्थात् ७० जनालाई सघन उपचार कक्षको आवश्यकता पर्ने उहाँको अनुभव छ ।

उहाँका अनुसार सघन उपचार कक्षमा श्यया नपाएर दैनिक १० जना बिरामी अन्य अस्पतालमा जानुपर्ने बाध्यता छ । अस्पतालका निर्देशक डा अजित रायमाझीले श्ययाको अभावमा निजी अस्पताल धाउनुपर्ने अवस्थाको अन्त्य गर्न सघन उपचार कक्ष थप गरेको बताउनुभयो ।

सघन उपचार कक्ष विभाग भित्रै फार्मेसी, स्टोर, ल्याब, क्यास काउन्टर र सोधपुछ कक्ष व्यवस्था गरिएको पनि गरिएको छ ।

कान्ति बाल अस्पतालको सेवा विस्तार गर्न सरकारले रु पाँच करोड र जापान सरकारले रु १५ करोड गरी २० करोड सहयोगमा थप ३४ श्ययाको सघन उपचार कक्षको निर्माण गरिएको हो । रासस

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan