Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

देउवाको सूचीले हंगामा,जब सुशीला क्रुद्ध भइन्

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ, २२ पुस । आजका पत्रपत्रिकाहरुमा प्रधानमन्त्री पुष्पकमल दाहालले प्रधानन्यायाधीश सुशीला कार्कीसँग भेटवार्ता गरेको र संविधान संशोधनमा ढुक्क भएर अघि बढ्न सुझाव प्राप्त गरेको खबर सार्वजानिक भएपछि यो समाचारले प्रधानन्यायाधीश कार्कीको रक्तचाप बढाएको खबर छ ।

कार्यालय समयको पहिलो घण्टा निकै रिसाएकी प्रधानन्यायाधीशले त्यसपछि वक्तव्य सार्वजनिक गर्न आदेश दिइन् र
सर्वोच्चको वक्तव्य सार्वजनिक भयो । वक्तव्यमा भनिएको छ– सर्वोच्च अदालतले संविधान संशोधनबारे सरकारलाई कुनै प्रकारको सल्लाह दिएको छैन ।

प्रधानन्यायाधीश सुशीला कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई ‘ढुक्क भएर’ संशोधन प्रस्ताव अघि बढाउन सुझाव दिएको भन्ने समाचार कपोलकल्पित भएको आरोप पनि लगाइएको छ ।

सर्वोच्चका सह प्रवक्ता विश्वराज पौडेलद्धारा जारी विज्ञप्तिमा ‘प्रधानन्यायाधीशज्यूबाट संविधान संशोधनका विषयमा कुनै प्रकारको रायसल्लाह दिने काम नभएको एवम् रायसल्लाह दिने नगरिएको’ स्पष्ट पारिएको छ ।

देउवाको सूचीले हंगामा

कांग्रेसी प्रतिनिधिका रुपमा न्याय परिषदमा प्रतिनिधित्व गर्ने रामप्रसाद सिटौलाले बुढानीलकण्ठ देउवा निवासबाट सूचीपत्र लिएर न्यायपरिषद् छिरेका छन् ।

त्यो आदेशपत्र सूचीमा उच्च अदालतमा नियुक्त हुने ८० जना न्यायाधीश मध्ये ३० जनाको नाम छ र सुरुमै बरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का,बार अध्यक्ष शेरबहादुर केसी, महासचिव शम्भुबहादुर खातीको नाम उल्लेख गरिएको स्रोतले बताएको छ । ती स्रोत भन्छ– कांग्रेसका अधिवक्ताबाट २५ जना र अन्यमा कांग्रेस, एमाले र माओवादीका बराबर व्यक्तिहरु भागबण्डामा नियुक्त हुँदैछन् ।

 

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan