• FB
  • FB
  • FB
Saturday 21st of January | २०७३ माघ ८ शनिबार

सूचना तथा सञ्चार प्रविधिमा लगानी बढाउन माग

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २२ शुक्रबार

काठमाडौँ, २२ पुस । सरकारले सामुदायिक विद्यालयका छात्र छात्रालाई सूचना तथा सञ्चार प्रविधिको पहुँच पु¥याउन आर्थिक लगानीमा वृद्धि एवम् पाठ्यक्रममा परिवर्तन गर्ने भएको छ ।

शिक्षा मन्त्रालयले हाल सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पहुँच पु¥याउन कम्प्युटर शिक्षा, इन्टरनेटको पहुँचलाई उच्च प्राथमिता दिँदै आएको छ ।

अर्काेतर्फ सूचना प्रविधि विभागले मन्त्रालयअन्तर्गतको पाठ्यक्रम विकास केन्द्रको सहकार्यमा कक्षा १० को विज्ञान तथा अनिवार्य अङ्ग्रेजी विषयको पाठ्यसामग्रीलाई डिजिटललाइजेसन गरेको छ ।

मुख्य सचिव डा सोमलाल सुवेदीले कम्प्युटर सफ्टवेयरसम्बन्धी सम्मेलनको आज उद्घाटन गर्ने क्रममा आफूले शिक्षा सचिवको कार्यभार सम्हाल्दा सामुदायिक विद्यालयमा सूचना तथा सञ्चार प्रविधिको पहुँच पु¥याउन रु एक अर्बको रकम विनियोजन गरी काम सुरु गरेको र यसले विद्यालय तहका छात्र छात्रामा सकारात्मक प्रभाव छाडेको बताउनुभयो ।

उहाँले सरकारले पेपरलेस अवधारणाले आफ्ना संयन्त्रमा कार्य सम्पादन गरेको चर्चा गर्दै विकसित सूचना तथा सञ्चार प्रविधिमा स्थानीयकरण र स्तरीकरणमा चुनौती रहेको चर्चा गर्नुभयो ।

विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव सर्वजीतप्रसाद महतोले विज्ञान प्रविधि र सूचना सञ्चार प्रविधिलाई समन्वय गरी अगाडि बढ्नुपर्ने र यसमा सरकारले लगानी बढाउनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले सूचना प्रविधि विभागले हाल कक्षा ८ र ९ तथा १० जोड दुईका विज्ञान विषयका पाठ्यपुस्तकलाई पनि डिजिटललाइजेसन गरिरहेको र यो कार्य अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

राष्ट्रि««य सूचना तथा सञ्चार परिषद्का सदस्य वसन्त वनले सरकारले सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र सञ्चालनमा लगानी बढाउन, यस क्षेत्रलाई प्राथमिकता दिई बजेट विनियोजन गर्न, सरकारले कम्प्युटरसम्बन्धी काम स्वदेशी उद्योगबाट मात्र गराउन आवश्यक रहेकामा जोड दिनुभयो ।

कार्यक्रमा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य उमेशलाल श्रेष्ठ, नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष लोकमान्य गोल्छाले सफ्टवेयर उद्योगलाई पनि सरकारले उद्योगको रुपमा मान्यता दिन माग गर्नुभयो । रासस 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan