Friday 24th of March | २०७३ चैत ११ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

नेपाली कथानक चलचित्र वनदेवताको च्यारीटी शो कार्यक्रम भब्यताका साथ सम्पन्न

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan
newsabhiyan

कर्ण बहादुर अधिकारी मकाउ,चीन। नेपालका अनाथ तथा अपाङ्ग बालबालिकाको सहयोगार्थ "नेपाली समाज मकाउले" मकाउमा प्रथम पटक हलेसी म्युजिक प्रालिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र "वनदेवता" ०५ जनवरी २०१७ का दिन मकाउ स्थित काम्पेक कम्युनिटी सेन्टरको हलमा उल्लेख्य नेपालीहरूको उपस्थितिमा भब्यताको साथ प्रदर्शन गरेको छ।

चलचित्र वनदेवतामा रीतु लामा,दीपिका ढकाल,सरोज दोङ् सहित मकाउमा रहेर सामाजिक कार्यमा सेवा गर्दै आएका सामाजिक अभियन्ता नेपाली समाज मकाउका अध्यक्ष एवं मकाउ तामाङ् घेदुङका अध्यक्ष दोर्जे तामाङले अभिनय गरेका छन्।चलचित्रमा कथा,निर्देशन र संगीत आर.बी लामाको रहेको छ भने चलचित्रका निर्माता सरोज दोङ् र लंक बहादुर तामाङ हुन्।यसरी प्रदर्शनी हुन लागेको नेपाली कथानक चलचित्र वनदेवतामा हामी र हाम्रो समाजमा रहेको संस्कार रीतिरीवीज र परम्परालाई जीवितै राख्नका लागि र एक्काईसौ शताब्दीमा पनि दैविक शक्ति छ भन्ने कुरालाई प्रष्टयाउन खोजिएको छ। 

कार्यक्रममा हंगकंग तथा मकाउका लागि हंगकंग महाबाणिज्य दुतावासका महा बाणिज्य दुत कमल प्रसाद भट्टराई ज्यूको प्रमुख आतिथ्यमा उहाँको हातबाट रिवन काटेर चलचित्रको उद्धाटन गरीएको थियो।उक्त कार्यक्रममा मकाउमा रहेका नेपालीहरूको बिभिन्न संघसंस्थाका प्रतिनिधिहरू र मकाउका लोकल संघ संस्थाका अध्यक्षहरूको पनि उपस्थिति रहेको थियो।मन्तब्यमा महाबाणिज्य दुत कमल प्रसाद भट्टराईले अंग्रेजी नयाँ बर्षको २०१७ को शुभकामना दिदै नेपाली समाज मकाउले गरेको यस कार्यक्रमले नेपालीहरू बीच भावनात्मक संबन्ध बढाउने कुरा ब्यक्त गर्नु भयो।कार्यक्रमका सभापति नेपाली समाज मकाउका अध्यक्ष दोर्जे तामाङ्ले उपस्थिति जनाई दिनु भएका सम्पूर्ण नेपाली दाजुभाई दिदिबहिनीहरू प्रति हार्दिक आभार प्रकट गर्नुको साथै उक्त च्यारीटीबाट उठेको ४० प्रतिशत रकम अनाथ बालबालिकाको लागि सहयोग गरीने कुरा बताउनु भयो भने कार्यक्रममा उदघोषक कर्ण बहादुर अधिकारीले गर्नु भएको थियो।

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan