Sunday 26th of March | २०७३ चैत १३ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्तो छ कुमारीको पिडा,पटक पटक नेपाल जान्छु भन्दा कुवेतका मालिकले जान दिदैँनन्

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan
newsabhiyan

मनोज भट्टराई ,२३ पुस । नेपालबाट घरेलु कामदारको लागि कुवेतको सब्बाह अल नासर भन्ने ठाउँमा पाँच बर्ष अघि पुगेकी सुर्खेतकी कुमारी अधिकारी नेपाल फर्कन पाएकी छैनन्  ।

नेपालबाट दुई बर्षको लागि कुबेत पुगे पनि कुवेतर्मो साहुले नेपाल पठाउन आनकानी गरेको कारण उनि नेपाल फर्कन नपाएकी हुन् ।

सुरुमा कुवेतमा पचास केडीको दरले मासीक तलब दिएको र तीन बर्ष कटेपछि साठी केडिको दरले तलब दिएपनी व्यक्तिगत सरसफाइमा प्रयोग हुने सामानहरु आफैले किन्नु पर्दा पैसा समेत नबचेको उनको  गुनासो छ ।

सम्झौता पत्र अनुसार काम गर्ने कामदारलाई दुई बर्षको अवधि सकेपछि घर बिदामा अथवा करार अवधी समाप्त गरि घर पठाउनु पर्ने हुन्छ तर कुमारी अधिकारीको हकमा त्यो लागू भएको छैन ।

दुई बर्ष पुगेपछि नेपाल जान्छु भन्दा काम गर्ने घर मालिकले बच्चाको बिद्यालय छुट्टी भएपछि अथवा रमादान पछाडि अर्थात काम गर्ने अर्को मान्छे ल्याएपछि मात्रै पठाउने भन्दा भन्दै अर्को तीन बर्ष अधिकारीले कुवेत मै विताई सकिन ।

हरेक महिनाको तलब दिए पनि साहुले नै  दस बीस केडि गर्दै सापटी लिएको कारण आँफु सँग २ ४ केडी पनि नभएको फेसवुक मार्फत आँफु सँग साथी रहेका नेपाली संचारकर्मीहरुसंग बताउने गरेकी छन ।

नेपालबाट शिव बुढा मगर भन्ने स्थानीय एजेन्ट मार्फत कुवेतमा भुपाल गिरि र कुमारी कार्की भन्ने एजेन्टको सम्पर्कबाट आज भनदा पाँच वर्ष अगाडी त्यस घरमा पुगेकी बताउने अधिकारी आँफु लाई नेपाल फर्काउनका लागी पहल गरीदिन हारगुहार गरीरहेकी छन ।

नेपालबाट कुवेत पठउने  एजेन्टलाई सम्पर्क गर्दा भागेर एम्बेसी जानू नेपालबाट टिकट पठाईदिन्छु बाँकी पैसा नेपाल मै दिन्छु भनेर सल्लाह दिएको गुनासो गर्दछिन ।

काम गर्ने कामदारबाट नै दिएको तलब सापटी भन्दै उल्टै फिर्ता लिइरहेका मालिकले न त पैसा नै फिर्ता दिन्छन् न घर नै पठाउछन् अनेकौं बहना बनाएर अरु तीन बर्ष कटाईसकेको र नौ महिना देखी तलब समेत नपाएको अधिकारी  बताउछिन उनि सँग घर मालिकले सापटी लगेको सात सय केडी समेत पनि फिर्ता नदिएको गुनासो गरेकी छन ।

सुर्खेत दशरथपुर ५ की अधिकारीले चाँडो भन्दा चाँडो नेपाल फर्कन चाहेको सम्बन्धित ठाउँबाट पहल गरी दिन समेत आग्रह गरेकी छन ।

अधिकारीलाई  नेपालबाट कुवेत पठाउने एजेन्टले भागेर एम्बेस्सी  जानू नेपालबटै टिकट पटाई दिने र बाँकी रहेको तलब नेपालमै दिन्छु भने पनि घरबाट भाग्न सक्ने अबस्था न भएको र भाग्दा ज्यान माया मारेर भग्नु पर्ने उनको भनाई छ ।

बैदेशिक रोजगारका लागी बिदेशमा जति दुःख भएपनि नेपालबाट बैदेशक रोजगारमा रोजगारमा कुवेत जाने सिन्धुपाल्चोककी पुजा लामा र सुर्खेतकी कुमारी अधिकारी त उदाहरण मात्र भएको र यसरी दु:ख पाउनेहरु त कुवेतमा धेरै घरेलु महिला कामदारहरु रहेको एन आर एकुवेतकी महिला प्रतिनिधी मधु मगरले बताउनु भयो उहाँले नेपाली महिलाहरुलाई नेपाल मै बसेर दु:ख गन समेत आग्रह गर्नु भएको छ ।  

न्यूज अभियान डट कमको अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् र हरेक खबर विशेष खबरका लागि पल-पलको अपडेट पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan