Saturday 18th of November | २०७४ मङ्सिर २ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

शुक्रबार र शनीबार मुलुकभर कहाँ के भयो ?( मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २३ शनिबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं ,२३ पुस ।  शुक्रबार र शनीबार मुलुकभर कहाँ के भयो रु मृत्यु तथा घाइतेहरुको नाम ठेगाना सहित नेपाल प्रहरीको सहयोगमा एक रिपोट ।
  बन्चरो प्रहारबाट मृत्यु  

ललितपुर, धारिलो हतियार बन्चरो प्रहार गरी हत्या गरेको अभियोगमा गोदावरी नगरपालिका–४ बस्ने २७ बर्षीय  मुराहरी सिलवाललाई प्रहरीले शुक्रबार नियन्त्रणमा लिएको छ ।        

गोदावरी नगरपालिका–३ विश्वकथाते स्थित ईट्टा बनाउने माटो खन्दा पानी बग्ने कुलो पुरिएको विषयलाई लिएर बादविवाद भई झगडा हुँदा उनले विशंखु नारायण बस्ने ५० बर्षीय नारायण कुमार बिष्ट र सोही स्थान बस्ने ४१ बर्षीय अनिल बिष्टलाई बन्चरो प्रहार गर्दा घाईते भई उपचारको लागि बि.एण्ड बि.अस्पताल ल्याउने क्रममा नारायण कुमार विष्टको बाटोमै मृत्यु भएको थियो । साथै घाईते अनिल विष्टको बि.एण्ड बि.अस्पतालमा उपचार भईरहेको छ ।

प्रहरीले अभियुक्त मुराहरी सिलवाल र निजको बाबु ६३ बर्षीय श्रीकृष्ण सिलवाललाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

  नगद लुटपाट  

काभ्रे जिल्ला पाँचखाल घर भई हाल मध्यपुर ठिमी नगरपालिका–१३ बालकुमारी लती बस्ने ३१ बर्षीया मन्दिरा अधिकारी थापाको साथबाट शुक्रबार नगद ६ लाख रुपैया लुटपाट भएको छ ।

मन्दिरा अधिकारीले मध्यपुर ठिमी नगरपालिका–१५ गठ्ठाघर स्थित पुरानो ट्राफिक प्रहरी कार्यालय अगाडी रहेको एनआईसि बैंक कौशलटारबाट ५ लाख रुपैयाको चेक साटी नगद १ लाख रुपैया भएको व्यागमा राखी ( जम्मा ६ लाख) बा ६१ प २२७३ नंबरको स्कुटर चलाई स्कुटरको अगाडी खुट्टा राख्ने ठाउँ नजिकै हुकमा व्याग राखी गठ्ठाघरको भित्री बाटोतर्फ जादै गरेको अवस्थामा अल्फाबेट र नंबर नखुलेको २९ लटको कालो रातो रङको २२० सि.सि. पल्सर मोटर साइकलमा आएका २ जना अपरिचित व्यक्तिले उक्त नगद भएको व्याग लुटी फरार भएका थिए ।
फरार अभियुक्तहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

आगलागीबाट धनमाल क्षती   
काठमाण्डौ,काठमाडौ महानगरपालिका–१३ सोल्टी मोड स्थित ललितपुर उपमहानगरपालिका–५ जाउलाखेल घर भएका ५३ बर्षीय पोकेश गुप्ताको होटल प्लाटिनम एण्ड स्पाको दोस्रो तलाको हाउस किपिङ टेलर रुममा शनिबार अचानक करेन्ट सर्ट भई आगलागी हुँदा करीब ३ लाख ४५ हजार रुपैया बराबरको धनमाल जलेर क्षती भएको छ ।

सवारी दुर्घटनामा मृत्यु 
ललितपुर ः ललितपुर उपमहानगरपालिका–१ कुपण्डोल स्थित नागार्जुन स्कुल अगाडी शनिबार आफैले चलाएको साईकल पल्टन जाँदा साईकल चालक भारत रक्शौल घर भई हाल ऐ.बस्ने २८ बर्षीय राकेश शाह घाईते भएकोमा उपचारार्थ वीर अस्पताल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको छ ।
धनुषा ः सपही–३ स्थित भित्रि सडक खण्डमा गजहरीया टोलबाट औरही खोलातर्फ बालुवा लोड गर्न जाँदै गरेको ज १ त ३०३६ नंबरको ट्याक्टरले शुक्रबार पैदलयात्री सोही स्थान बस्ने रामु मण्डलको छोरा १२ बर्षीय कमलेश मण्डललाई ठक्कर दिंदा निजको घट्नास्थलमै मृत्यु भएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मोरङ्ग ः विराटनगर उपमहानगरपालिका–२० तालिम केन्द्र चोक स्थित भित्रि सडक खण्डमा बिराटनगरबाट रानीतर्फ जाँदै गरेको बा २ ख ५०९३ नंबरको बसले शुक्रबार बिपरीत दिशाबाट आउँदै गरेको साईकलयात्री ऐ.२० राधा कृष्ण मन्दिर नजिक बस्ने ४० बर्षीय ललित महतोलाई ठक्कर दिंदा गम्भीर घाईते भई उपचारार्थ कोशी अंचल अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर ः हर्देनी–३ गहुँबारी स्थित सिद्धिचरण राजमार्गमा शुक्रबार कटारीबाट घुर्मितर्फ जाँदै गरेको स १ ज ४०९ नंबरको बलेरो जिप अचानक स्टेरिङ फेल भई सडकबाट अंदाजी ३ सय मिटर तल खस्न गई दुर्घटना हुँदा जिपमा सवार चालक सहित ९ जना सवार मध्य ८ जना गम्भिर घाईते भएकोमा उपचारार्थ कटारी अस्पताल लैजाने क्रममा ३४ बर्षीय टंक बहादुर बस्नेत र ३२ बर्षीया भिम कुमारी राउतको बाटोमै मृत्यु भएको छ । घाईतेहरु मध्ये २ जनालाई थप उपचारार्थ काठमाडौ र ४ जनालाई विराटनगर रिफर गरिएको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

मृत अवस्थामा फेला ः
काठमाण्डौ ः टोखा नगरपालिका–११ बानियाटार नयाँ हाउजिङ्ग स्थित आफ्नै साढे २ तल्ले घरको दोश्रो तलामा रहेको वाथरुममा ६० बर्षीय हिम बहादुर शाही मृत अवस्थामा शनिबार फेला परेका छन् । उनी नुहाउन भनि गएको र धेरै समय सम्म पनि ढोका नखोले पछि निजको छोरा २२ बर्षीय अनुराग शाहीले प्रहरीमा खबर गर्नासाथ प्रभाग गोगंबुबाट प्रहरी टोली खटी गई बाथरुमको ढोका फोडी हेर्दा निज हिम बहादुर शाही मृत अवस्थामा फेला परेका थिए ।
ललितपुर ः ललितपुर उपमहानगरपालिका–३ सुन्दरीघाट बाग्मती खोला स्थित काठमाडौ महानगरपालिका–१४ बल्खु कुमारी क्लव नजिकै बस्ने ८४ बर्षीय भरत बहादुर दानी क्षेत्री शनिबार मृत अवस्थामा फेला परेका छन् ।
तनहुँ ः बन्दीपुर नगरपालिका–२ भुमर्से बस्ने ३६ बर्षीय मोहन नेपाली सोही स्थान स्थित भुलभुलेमा शनिबार मृत अबस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan