• FB
  • FB
  • FB
Tuesday 17th of January | २०७३ माघ ४ मंगलबार

बि.सं.२०७३ साल पौष २४ गते आइतवारको राशिफल

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

आजको पञ्चाङ्ग –
नेपाली मितिः वि.सं. २०७३ । नेपाल सं. ११३७ । योग सं. ३७ । पौष महिनाको २४ गते आइतवार ।
अँग्रजी मितिः ई.सं. २०१७ जनवरी महिनाको ०८ तारिख ।
योगः  साध्य, १४ः३२ बजेपछि शुभ योग ।
तथीः हेमन्त ऋतु पौष शुक्लपक्षको एकादशी तिथी । 
नक्षत्रः भरुणी,०९२ः५५ बजेपछि कृतिका नक्षत्र ।
करणः वणिज १५ः२५ बजेसम्म उपरान्त भद्रा करण ।
चन्द्रमाः  मेष राशिमा, १५ः३० बजेपछि वृष राशिमा ।
काठमाडौंमा सूर्योदयः ०६ः५८ बजे ।
काठमाडौंमा सूर्यास्तः १७ः२४ बजे ।
राहुकालः १६ः०५  बजेपछि १७ः२४ बजेसम्म ।
यात्राः पूर्व दिशाको लागि उपयुक्त छ ।

आजको राशिफल

मेष राशिः
मेष राशि हुनेहरुको लागि आजको दिनलाई ग्रहको केही अबरोधको बाबजुत पनि उमङ्गिलो मान्नसकिन्छ । सौहार्दपूर्ण वातावरणको कारण उत्साह बढ्ने छ । आर्थिक लाभको संयोग जुट्ने छ भने प्राकृतिक रमाइलोपन मिल्ने छ । कार्ययोजनादिको बारेमा संवाद हुनसक्ने र नयाँ कार्यमा लगानी आदिको अवसरको जमर्को हुनसक्ने छ ।  अबसरको सदुपयोग गर्न जाने  बोलीवचन एवं प्रवचन–भाषण आदिमा उपलब्धि गर्नसकिने छ । आज यहाँलाई दुई एवम् तीन अंक, सेतो र हरियो रङ्ग शुभ हुनेछ भने भैरवदेव तथा गुरुजनको सेवा आर्शिवाद लिनुले ग्रहको अबरोधजन्य स्थितिलाई केही न्यूनिकरण गर्न मद्दत हुनेछ ।

वृष राशिः
वृष राशिका व्यक्तिहरुको लागि आजको दिन मिश्रित छ । पूर्वार्धसम्म संघर्षको बाबजुतपनि केही उपलब्धि हुनेछ भने उपरान्त हर्षोत्मात् आदि कारणले पाउनपर्ने जति पनि हातपार्न कठिन हुनेछ । अल्लि हौंस्याहट् बढ्ने, फुर्तिफार्ति बढी हुने, महत्त्वाकांक्षा बढी हुने र मुल्याङ्कनमा कमजोरी भेटिने हुनसक्ने छ । तथापि संयमतालाई पालना गर्नाले दैनिक भइपरिआउने कामकार्यमा केही सफलता मिल्नेछ । सौहार्दपूर्ण वातावरण बन्नेछ । प्रशंसा मिल्ने हुनाले फुरुङ्ग परिनेछ ।  निमन्त्रणा तथा स्वागत सत्कारको अवसर पनि मिल्नसक्ने सम्भावना देखिएको छ । आज तपाईँको लागि एक अङ्क, रातो रङ्गको उपयोगिता उपयुक्त हुनेछ भने गुरुजन एवं मान्यजनलाई खुशी बनउनुले ग्रहको अबरोधजन्य स्थितिलाई कम गर्न मद्दत गर्नेछ ।

मिथुन राशिः
मिथुन राशिका व्यक्तिहरुको लागि आजको दिन मध्यान्हसम्म ठिकै उपलब्धिकर रहने देखिन्छ, नगरी नहुने कार्यलाई अल्लि बढी मेहनत गरेर पूरा गर्नु बुद्धिमानी हुनेछ । उपरान्त क्रमशः केही संघर्ष पर्ने देखिएको छ । अल्लि बढी कोसिसले मात्रै थोरै सफलता पाउन सकिने छ । खर्च बढाउने ग्रहयोग परेकोले बुद्धिमतापूर्वक धैर्य र संयम धारण गर्नसके मात्रै खतिक्षति हुनबाट बच्न सकिनेछ । भगवान सूर्यनारायणको श्रद्धाभक्ति गर्नु उत्तम हुनेछ भने ३ अंक र पहेंलो रंग यहाँलाई शुभ हुनेछ । दानकर्मले पनि सम्भावित संघर्षलाई कम गर्न मद्दत गर्नेछ ।

कर्कट राशिः
कर्कट राशिका व्यक्तिहरुको लागि आजको दिन आर्थिक लाभ हुने दिन हो तथापि ग्रहको केही बाधा अबरोध देखिएको पनि छ । त्यसको बाबजुत पनि केही उपलब्धि हातपार्न सकिने छ ।  मुख्य ठानिएको काममा भने केही अबरोध आउने छ । पेशा एवम् व्यवसायबाट केही धनलाभ गर्न सकिनेछ भने आँटेताकेको कार्य अगाडि बढ्नेछ । मानसम्मानप्रद ग्रहयोग परेकोले राजमानको लागि सिफारिस हुनसक्ने छ भने राजनीति तथा समाजसेवा कर्मीहरुले पदप्रतिष्ठा एवम् जिम्मेवारी थपिन कुरा चल्नसक्ने छ ।  आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । ग्रह बाधा अबरोधलाई न्यूनिकरण गर्न भैरवदेवको साथमा भगवान सूर्यनारायण्को सेवाआराधना गर्नु शुभकर हुनेछ । 

सिंह राशिः
सिंह राशि हुनेहरुको लागि आजको दिन यद्यपि मान एवं अर्थ लाभ हुनेदिन परेको छ । तथापि विशेष मानिएको उपलब्धि हुनलाई भने अबरोध देखिएको छ । पेशा एवम् व्यवसायको महत्त्वकांक्षी योजना भने हुनसक्ने छ । मानसम्मान मिल्ने, सामाजिक प्रतिष्ठा बढ्न भने सक्नेछ । कर्मक्षेत्रमा आएका अबरोधहरु हट्ने र थप कार्यमा रुचि बढ्नेछ । आफन्तीहरुसँग भेट्घाट हुने र व्यवहारिकता एवम् औपचारिकता निर्वाह गर्न पर्नेछ । प्रशंसक बढ्ने र शुभसमाचार प्राप्त हुनेछ । आज यहाँको लागि दुई अङ्क, सेतो रङ्गको प्रयोग र भगवान हनुमानदेवको श्रद्धाभक्ति एवं स्तुति व्रतादि गर्नु शुभकर हुनेछ ।


कन्या राशिः
कन्या राशि हुनेहरुको लागि आजको दिन अध्यात्मिक ज्ञान तर्फ मन उत्प्रेरित हुने र धार्मिक कार्य सम्पादन हुनसक्ने छ । समाजसेवाका कार्यमा पनि सहभागि हुने अवसर मिल्नेछ । व्यवसायमा लक्ष्मी कृपा हुने ग्रहगोचरको प्रभाव परेको छ । यात्रायोजना एवम् नयाँ कार्यको थालनीको बारेमा विचार विमर्श हुनेछ । रोकिएर रहेका केही कार्यमा सफलता मिल्नेछ भने केही अगाडि बढ्ने छन् । जागिरबाट पनि सन्तोष भइनेछ । आज यहाँहरुलाई नौ अंक पहेलो रंग र सूर्य शक्ति जागरण गर्नु शुभ हुनेछ ।

तुला राशिः
तुला राशिहुनेहरुको लागि आजको दिन मध्यान्हसम्म सन्तुलित नै भए पनि तदोपरान्त बुद्धिमा संकिर्णता, कार्यमा बाधाब्याबधान तथा कसैकसैलाई अपखबर मिल्नसक्ने देखिन्छ । विलासिता, राजसी आहारले क्रमशः स्वास्थ्यमा समस्या देखिनसक्ने भएकाले विचार पुर्याउन जरुरी छ । दैनिक कार्ययोजनालाई संयमित बनाउ“दा उपयुक्त हुनेछ । कसैकसैलाई समय तथा संसर्गी वा कसैले  झुक्याउन सक्ने र आकस्मिक झमेला आईलाग्नसक्ने छ । आज दीर्घरोगीले आहार विहारमा निकै ख्याल पुर्याउन जरुरी देखिन्छ भने यो राशि हुने आमसर्वसाधारणले पनि होसियारी पूर्वक जनव्यवहार गर्नु उचित हुनेछ । अन्यथा उन्मादमा आएर गरिएका कार्यले पश्चाताप दिनसक्ने सम्भावना छ ख्याल गर्नुहोला ।


वृश्चिक राशिः
वृश्चिक राशिहुने व्यक्तिहरुको लागि आजको दिन जोशिलो रहनेछ । थातिरहेको काम पूरा गर्ने मौका मिल्ने छ भने कार्य पूरा गर्न स्वजनबाट सहयोग पनि मिल्ने छ । प्रतिस्पर्धामा विजय भइने र व्यापार एवम् व्यवसायबाट आकस्मिक रुपमा धन लाभ मिल्नेछ । शारीरिक आरोग्यता बढ्नाले शरीरमा शक्ति र साहस थपिने छ । आँटसाहसले गर्ने काम सम्पादन गर्न सकिने छ भने आज यहाँको विरोधि उपरको प्रतिकार पनि बलियो हुनेछ । मध्यान्हबाट क्रमशः प्रमोदीचर्या बढ्ने तथा दाम्पत्य सुख एवम् प्रेमसम्बन्ध दृढ हुनेछ । मानसम्मान पूर्ण यात्रा एवम् मनोरञ्जनजन्य वातावरणको संयोग जुट्नसक्ने छ ।

धनु राशिः
धनु राशि हुनेहरुको लागि आजको दिन मध्याह्नसम्म दिन स्वानुकूल नै रहने देखिन्छ । केही कामकार्य बन्ने र विद्याबुद्धिको विकास हुनेछ । अपराह्नबाट भने अप्रत्यक्ष रुपमा बाधाब्याबधान नआउला भन्न नसकिने गोचर भएपनि सामान्यतया दैनिकी कामकार्य ठिकै रुपमा सुचारु हुनसक्ने छन् । बढी ईच्छ्याएको काम कार्यान्वयन हुन अल्लि गार्हो पर्ने भएकोले आज यहाँले कुनै पनि विषयमा बढी आसक्ति नगरेको राम्रो हुनेछ । तथापि आत्मबल एवं कान्ति बृद्धि हुनेछ । कलाकौशलता बढ्दो रहनेछ, शर्त गरेर विपक्षिसँग  सम्झौतामा आउनसकिने छ । आज तपाईँको लागि पाँच र छ अङ्क, रातो र हरियो रङ्गको प्रयोग शुभप्रद हुनेछ भने माँ जगद्कालीको साथमा भैरवदेवको स्तुति शुभकर हुनेछ ।  

मकर राशिः
मकर राशिहुने व्यक्तिहरुको लागि आजको दिन मध्याह्नसम्मको समय केही संघर्षकर देखिएको छ । जनव्यवहार एवं कामकार्यमा अल्लि सावधानी अप्नाउनु पर्नेछ । मध्यान्हबाट क्रमशः ग्रहगोचरको स्थितिमा सुधार आउने र विद्याबुद्धिमा प्रगति हुनेछ । संवाद तथा वहस वा अन्तरक्रिया आदिबाट निस्कने निस्कर्ष पनि उपयुक्त निस्कने देखिन्छ । विद्यार्थीवर्गको लागि थप फाइदाकर हुने दिन छ । छोराछोरीको बाटोबाट पनि सहयोग र सन्तुष्टि लिनसकिने छ । व्यापार जन्य व्यवसायीको लागि पनि सन्तोषप्रद दिन रहेनेछ । आज पाँच अंक, रातो रङ्गको प्रयोग यहाँको लागि उपयुक्त हुनेछ भने सामान्यतया कठिनाइको सामना गरिरहनु हुनेहरुले कठिनाईको न्यूनिकरणको लागि श्री सूर्यनारायणको स्तुति दर्शन भक्ति गर्नु उपयुक्त हुनेछ ।

कुम्भ राशिः
कुम्भ राशिका व्यक्तिहरुको लागि आज दिनको पूर्वार्धमा शुभेच्छुकबाट सहयोग मिल्ने तथाव्यवसायबाट राम्रोसँग अर्थलाभ गर्न सकिने छ । जोशजाँगर बढ्नाले कामकार्यमा पनि विछट्टै मन लाग्नसक्ने छ । प्रतिस्पर्धा आदिमा पनि राम्रो पौरख देखाएर अग्रता एवम् सफलता लिनसकिने छ । मान्छेहरुबाट प्रशंसा मिल्ने तथा प्रख्याति बढ्ने पनि गोचर देखिएको छ । समयको सदुपयोग गर्नाले केही मुल्यवान काम सम्पादन गर्न ग्रहले बल दिइरहेको छ । मध्यान्ह  उपरान्त भने समय केही विपरित बन्नसक्ने लक्षण भएकोले वैचारिक द्वन्द बढ्ने र अशान्ति हुनसक्ने छ सुजबुझपूर्वक व्यवहार गर्नु होला ।

मीन राशि:
मीन राशिका व्यक्तिहरुको लागि आजको दिन सामान्यतया अनुकूल ग्रहगोचर परेको छ । शारीरिक एवम् मानसिक शक्तिको भरपुर प्रयोग गरेर बढी लाभ उठाउनु बुद्धिमानी हुनेछ । महत्त्वपूर्ण काममा केही बाधाअबरोध पनि सृजना हुनसक्ने लक्षण देखिएको छ । शारीरिक एवम् मानसिक जाँगर बढेर आउने र रोकिएर रहेको काम पूरा गर्ने जमर्को हुनेछ । सहयोगीहरु जुट्ने र इष्टमित्र तथा जानपहिचानका व्यक्तिहरुबाट प्रशंसा पाइनेछ । बन्धुबान्धव बीचको सम्बन्धमा सुधार आउनेछ भने सहकार्यको लागि प्रस्ताव आउनसक्नेछ । बाधा अड्चन निवारणको लागि भगवान श्री हनुमानदेवलाई खुशी बनाउनु उपयुक्त हुनेछ ।

आज जन्म दिन पर्ने सबैलाई न्यूज अभियान डट् कम परिवारको तर्फबाट सुस्वाथ्य एवम् दीर्घायु र उत्तरोत्तर प्रगतिको शुभकामना ....। एप मार्फत एंड्रोईड मोबाइलमा राशिफल हेर्नका लागि : Download Link : https://goo.gl/29PZux

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan