Tuesday 30th of May | २०७४ जेठ १६ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

कार्यबाहक राजदुत सहित संघसंस्था र समाजसेवीलाई सम्मान

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

साउदी अरब, २४ पुस । वैदेशिक रोजगारका क्रममा पीडित भएकाहरुलाई निःशुल्क कानुनी सहयोग र परमार्श दिन ने्पाली साझा मंचले “साथी अभियान” संचालनमा ल्याएको घोषणा गर्दै साउदी अरबमा रहेका पाँच दर्जनबढी समाजसेवी र संघसंस्थाहरुलाई सम्मान गरेको छ ।

मंचको प्रथम वार्षिकोत्वसवको अवसरमा साउदी अरबको जुबैलमा आयोजित एक कार्यक्रममा सो घोषणा र सम्मान कार्यक्रम गरिएको हो ।

संस्थाका संरक्षक तथा अन्तर्राष्ट्रिय अभियंता महेश श्रेष्ठले साथी अभियान मार्फत पीडित र तीनका परिवारहरुलाई न्याय र राहत दिलाउन आवश्यक कानुनी सहयोग र परामर्श दिने जानकारी दिदै सो अभियान संचालनका लागि सरस्वती भट्टको संयोजकत्वमा विज्ञ कानुन व्यवसायी र समाजसेवीहरु सम्मिलित समिति गठन गरिएको बताए ।

उनले भने “वैदेशिक रोजगारका क्रममा पीडित भएका र तीनका परिवारले नेपाल स्थित हाम्रो कार्यालयमा सम्पर्क राखेर आजैदेखि सेवा लिन सक्नु हुने छ । उनीहरुलाई कानुनी सहयोग उपलब्ध गराउनुका साथै वैदेशिक रोजगारकै क्रममा मृत्यु, अंगभंग भएकाहरुलाई विमा लगायतका राहत दिलाउन पनि सहयोग गर्ने छौ ।”

काठमाडौको तीनकुने स्थित मंचकोे केन्द्रिय कार्यालयबाट साथी अभियानको सेवा प्रारम्भ गरिएको छ । यस अभियान अन्तर्गत निमुखा असहाय नेपालीहरुलाई पनि सेवा दिईने उद्देश्य रहेको छ । संस्थाकी सचिव सरस्वती भट्टको संयोजकत्वमा रहेको सो साथी अभियानमा जगनाथ घिमिरे, संजय प्रसाई, शेषरमान तामांग, अम्बिकादेवी भट्टराई र चन्द्रकला घिमिरे सदस्य रहेका छन् ।

वैदेशिक रोजगारका क्रममा साउदी अरबमा रहेका नेपालीहरुले एक वर्ष अघि जनवरी ५ मा सामाजिक संजाल फेसबुक मार्फत स्थापना गरेको यस संस्थाले प्रथम वार्षिकोत्सवको अवसरमा साउदी अरबका विभिन्न स्थानमा कार्यरत संघसंस्था, समाजसेवी र नेपाली कुटनैतिक नियोगका कर्मचारीहरुलाई समेत सम्मान ग¥यो ।

मंचले सम्मान गरेको समाजिक संस्थाहरुमा गैर आवासीय नेपाली संघ साउदी अरब, मैथली एकता समाज, जिफन्ट, दलित एकता संजाल, आदिवासी जनजाति महासंघ, नेपाली जनप्रगतिशिल मंच, फ्रेण्डस् अफ नेपाल, स्याङ्जा सहयोग समाज, नेपाली एकता समाज, नेपाली जन सम्पर्क समिति, नेपाली प्रवासी समाज, तमु धिं, नेवाः समाज, विवेकशिल नेपाली दल, नेपाल मगर संघ, गन्तव्य नेपाल, प्रवासी नेपाली मंच, नेपाली युवा क्लब, नेपाली सेवा समाज, संयुक्त नेपाली समाज, संघीय लिम्बूवान सामाजिक मंच, लोकतान्त्रिक राष्ट्रिय मंच, परोपकार सेवा समाज हेटौडा, नेपाल जन प्रगतिशील मोर्चा, एनए मिडिया, सैलुङ्ग डट कम, लुम्बिनी प्रवासी सम्पर्क मञ्च, नवलपरासी प्रवासी सम्पर्क मञ्च लगायत रहेका छन् ।

त्यसैगरी समाजसेवीहरुमा जोहन अर्याल, जेन लामा, राजु सैयद, विदुर कोईराला, धरम केसी, पुरुषोत्तम दास श्रेष्ठ, परशुराम मिश्र, किशोर थापा, श्री यावा लिम्बू, मुस्ताक मदानी, गोविन्द चौहान, होमनाथ लामिछाने, दिपेन्द्र खड्का, राजेश सेन्दाङ्ग, भक्त हमाल, विशाल श्रेष्ठ, नवराज काफ्ले, विधुर पौडल, तेजुकुमार श्रेष्ठ, घनश्यामकुमार कुवँर (जिके क्षेत्री), हेमचन्द्र थापा, विष्णु थापा मगर, कृष्ण पुरी, ओमप्रसाद फुयाँल, अन्जनीकुमार अधिकारी, भोजकुमार कार्की, राजन सुवेदी लगायतलाई सम्मान गरिएको छ ।

सोही कार्यक्रममा कार्यबाहक राजदुत आनन्द शर्मा, श्रमसहचारी अम्बिकाप्रसाद अधिकारी, कार्यबाहक महावाणिज्यदुत रेवती रमण पौडेल, श्रमसहचारी भोजराज घिमिरे त्यसैगरी राजदुतावासका विजयकुमार राउत, सूर्यप्रसाद अर्याल, सन्तोषकुमार अधिकारी, वीरकुमार राय, अमानुल्ला मन्सुर, सरोजचन्द्र अधिकारी, हरि घिमिरे र मानबहादुर थापालाई पनि सम्मान गरिएको छ ।

मंचको वार्षिकोत्सव समारोहमा साउदी अरबमै रहेर पनि आधुनिक गीत संग्रहको निर्माण गर्न सफल भएका गीतकार तथा समाजसेवी दिपेन्द्र खड्काकोे अडियो एलबम विमोचन समेत गरिएको थियो । सि.डि.एम. म्युजिक क्रियशनले उत्पादन गरेको सो एलबममा खड्काका उतकृष्ट गीत तिमी मेरो जिवनमा, कल्पनामा डुबी हेर, लाग्यो लाग्यो नसा, तिमीलाई माया गर्नु र ए हौ सोल्टिनी बोलका गीतहरु रहेका छन् । ती गीतहरुमा संगीत तथा स्वर बी. बी. अनुरागी, गोबिन्द मधुर आचार्यको रहेको छ । समाजसेवी समेत रहेका खडकाको शब्दमा राज खड्का, अर्जुन सुनाम, मनिष श्रेष्ठ, मिलन अमात्य, श्रेयासी चेम्जोङ्ग, चन्दा देवी र सुमिना लो पनि स्वर दिएका छन् ।

कार्यक्रमको उद्घाटन भने प्रमुख अतिथि नेपाली राजदुतावास रियादका श्रमसहचारी अम्बिकाप्रसाद अधिकारी, विशेष अतिथि पुरुषोत्तमदास श्रेष्ठ पूर्व गैर आवासीय नेपाली संघका अध्यक्ष, तमु धिंका केन्द्रिय सदस्य एवं समाजसेवी तुलसीमाया गुरुंग र स्थानीय प्रतिनिधि हरि घिमिरे लगायतले संयुक्त रुपमा नेपाली साझा मंचको लोगो अंकित “देशका लागि केहि त गरौ !”

श्लोक लेखिएको टिसर्ट लोकार्पण गरेर गरिएको थियो । कार्यक्रममा संघसंस्थाका प्रतिनिधि एवं समाजसेवीहरुले शुभकामना दिदै मंचसंग हातेमालो गर्न “देशका लागि केहि त गरौ !” भन्ने अभियानमा सहभागि हुने प्रतिबद्धता व्यक्त गरेका थिए ।

अन्तर्राष्ट्रिय अभियन्ता तथा कार्यक्रम संयोजक कृष्ण पुरीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि रहेका श्रमसहचारी अधिकारीले साथी अभियानले पीडितहरुलाई सेवा दिन सफल भए वैदेशिक रोजगारमा देखिएको समस्या न्यूनिकरण हुने अपेक्षा गर्नु हुँदै संस्थाले स्वदेशमै नेपालीहरुलाई स्वरोजगार बनाउने अभियान थालनी गर्न पनि आग्रह गरे ।

एनआरएनका संरक्षक पुरुषोत्तम दास श्रेष्ठले आफू संस्थाको “देशका लागि केहि त गरौ !” को नारा र अभियानबाट प्रभावित भएको चर्चा गर्दै नेपाली साझा मंच जस्ता संस्थाहरुको विकास हुन सके देशमा पक्कै परिवर्तन आउने विश्वास व्यक्त गरे ।

त्यसैगरी लामो समयदेखि वैदेशिक रोजगार सम्बन्धी पीडितहरुको समस्या समाधानमा कार्यरत हरि घिमिरेले मंचलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै पदका पछि नलागि समाज परिवर्तन र देश विकासका लागि लाग्नु पर्छ भन्ने पाठ मंचको अभियानले सिकाएको चर्चा गर्दै यस अभियानलाई निरन्तरता दिन आग्रह गरे ।

कार्यक्रममा नेपाल च्याप्टरका अध्यक्ष रामकृष्ण घिमिरेले नेपाली साझा मंचलाई सबैको साझा बनाउन आफूहरु प्रतिबद्ध भएर लागि परेको जानकारी गराउदै आफ्नो संस्थाको ढोका सबैका लागि खुल्ला रहेको बताए । मंचको प्रथम वार्षिकोत्सव रहेको सो समारोहमा समाजसेवी श्री कृष्ण श्रेष्ठ, विरेन्द्र चौधरी, प्रदिप मण्डल, श्री यावा लिम्बू, प्रदिप भण्डारी, जे श्रेष्ठ, रोसन एन श्रेष्ठ, तुलसीमाया गुरुंग, मोहन विएसके, ढलबहादुर बुढा मगर, उमेश भट्टराई, शंकरमान पौडेल लगायतले शुभकामना दिएका थिए ।

कार्यक्रम संचालन मंचका अन्तर्राष्ट्रिय अभियन्ता अन्जनीकुमार अधिकारी, देवेन्द्र सुवेदी र विदुर पौडेलले गरेका थिए । यस मंचको सोही दिनको भेलाले साउदी अरबका लागि १७ सदस्यीय राष्ट्रिय समन्वय समिति पनि गठन गरेको छ ।

उक्त समितिको संयोजकमा कृष्ण पुुरी, उपसंयोजकमा अजनीकुमार अधिकारी र सदस्यहरुमा देवेन्द्र सुवेदी, नवराज काफ्ले, तेजुकुमार श्रेष्ठ, जिके क्षेत्री, विष्णु घिमिरे, अकल प्रधान, भोजकुमार कार्की, गोविन्द चौहान रहेका छन् । बाँकी ७ सदस्य आगामी बैठकले पुर्ति गर्ने निर्णय गरेको छ । समितिको सल्लाहकारमा हरि घिमिरे, रामकृष्ण घिमिरे, भक्त हमाल, विदुर पौडेल र श्री यावा लिम्बू रहेका छन् । संरक्षकमा महेश श्रेष्ठलाई चयन गरेको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan