Monday 24th of April | २०७४ बैशाख ११ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

ओम पुरीको निधन शंकास्पद, छिमेकी र सहयोगीको बयान बाझियो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

एजेन्सी । बलिउड अभिनेता ओम पुरीको निधनलाई मुम्बई प्रहरीले शंकास्पद मानेको छ। मृत्युपछिको पोस्टमार्टम रिपोर्ट सार्वजनिक नभए पनि प्रहरीले मृत्युलाई छानबिन गरिरहेको बिबिसी हिन्दिले बताएका छन्।

पुरीका छिमेकी र घरमा काम गर्ने सहयोगीले प्रहरीलाई दिएको बयान बाझिएपछि प्रहरीले घटनालाई शंकास्पद रुपमा लिएको हो।

छिमेकीले हृदयाघात भएको भनिएका पुरी किचनमा लडेको अवस्थामा फेला परेको बताएका छन् भने घरका सहयोगीले बेडरुममा लडेको बयान प्रहरीलाई दिएका छन्।

मृतक पुरीको टाउकोमा सानो चोट पनि देखिएको प्रहरीले बताएको छ। हृदयाघातका कारण मृत्यु भएको बताइए पनि उनको टाउकोमा चोट देखिएपछि प्रहरीले मृत्युलाई शंकाको घेरामा राखेको हो।

पुरीको निधनमा आपराधिक कारण भए/नभएको आशंकमा प्रहरीले अनुसन्धान थालेको हो। ६६ वर्षीय पुरीको गत शुक्रबार आफ्नै निवास मुम्बईमा निधन भएको थियो।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan