Saturday 24th of June | २०७४ असार १० शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सामुदायिक रेडियोमा संयुक्त प्यानलको बहुमत

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २४ पुस । नेपाल सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघको नेपाल (अकोराब) को छैटौं राष्ट्रिय अधिवेशनबाट नेपाल प्रेस युनियनको अगुवाईमा बनेको व्यवसायिक प्यानलले वरिष्ठ उपाध्यक्ष सहित बहुमत हात पारेको छ ।

पत्रकारितालाई सामुदायिक हक हितलाई ध्यानमा राखि साझा र व्यवसायिक ढंगले अगाडि बढाउने सहमतिका साथ किशोर थापाको नेतृत्वमा लडेको व्यवसायिक पत्रकारहरुको समूह केही प्राविधिक कारणले अध्यक्षमा विजयी हुन सफल नभए पनि वरिष्ठ उपाध्यक्षमा विजयी हुन सफल नभएपनि वरिष्ठ उपाध्यक्ष लगायत महत्वपूर्ण स्थानमा विजयी भएका छन् ।

चुनावमा प्रेस युनियन (नेपाली कांग्रेस), प्रेस सेन्टर (नेकपा माओवादी केन्द्र), राप्रपा र मधेसवादीको व्यवसायिक समूह थियो भने प्रेस चौतारी (एमाले) तथा नयाँ शक्ति सहितका बामपन्थीहरुको अर्को समूह थियो । व्यवसायिक समूहका किशोर थापालाई १० मतले पछाडि पारेर चौतारी समर्थित सुवास खतिवडा अध्यक्षमा निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्ष निर्वाचित अर्जुन गिरी सामदायिक रेडियो प्रसारक संघमा प्रारम्भदेखि नै सक्रिय पत्रकार हुन् । यसअघि उनले संघको सचिव पदको जिम्मेदारी कुलताको साथ निर्वाह गरिसकेका छन् । उनका पिताजीलाई कथित जनयुद्धको क्रममा हत्या गरेका थिए ।

प्रेस युनियनसँग निकटस्थ व्यक्तिहरुको वर्चस्व रहेपनि केही व्यक्तिले असहयोग गरेका कारण युनियनसित सम्बन्धीत सक्रिय संगठनका लागि उपयोगी र सक्षम व्यक्तिहरु निर्वाचित हुन सकेनन् । संयुक्त प्यानलका तर्फबाट अध्यक्षका प्रत्यासी बनेका किशोरजंग थापालाई गठबन्धनमा रहेका मधेसी दलहरु र केही व्यवस्थापन मिलाउन नसक्दा थोरै मतले पराजीत भए ।

तर वरिष्ठ उपाध्यक्षमा अर्जुन गिरी, उपाध्यक्ष (महिला) मा शशीकला दाहाल, उपाध्यक्ष (मधेस)मा निमष कर्ण र उपाध्यक्ष (जनजाति)मा अर्जुनकुमार राई व्यवसयिक प्यानलबाट विजय भएका छन् । संघको महासचिवमा गोविन्द देवकोटा, सचिवमा बन्दना दनुवर र कोषाध्यक्षमा लक्ष्मण खड्का निर्वाचित भएका छन् ।

संयुक्त प्यानलमा वरिष्ठ उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष संयुक्त प्यानलले जितेको छ । यसैगरी सदस्यमा खुलातर्फ कपिलदेव खनाल, विष्णु अवस्थी, टीकाजंग थापा, ध्रुवराज ढकाल, शुक्रराज भण्डारी, महिलामा धनलक्ष्मी शाही र ललिता कुश्मी, मधेसीमा अजयकुमार यादव र रामभरोसी महतो, जनजातिमा मिलन गाहा र गणेशकुमार श्रेष्ठ तथा दलितमा पूर्णबहादुर विक छन्,  खबर देशान्तर छ ।

त्यस्तै सात प्रदेश समितिमा अध्यक्षका क्रमशः बच्चुनारायण विक, अशोक दत्त, कृष्णहरि घिमिरे, शान्ति गुरुङ, केपी घिमिरे, रमेशकुमार गौतम र दीर्घराज उपाध्याय निर्वाचित भएका छन् । प्रदेश अध्यक्ष संघको कार्यसमितिको पदेन सदस्य रहने व्यवस्था छ । २१ सदस्यीय कार्यसमितिमा नेपाल प्रेस युनियनको अगुवाईमा बनेको संयुक्त प्यानलले १२ जना सहित बहुमत प्राप्त गरेको छ ।

नेपाल प्रेस युनियनले संगठनको सदस्य भएका तर सामुदायिक रेडियो प्रसारक संघ छैटो महाधिवेशनमा मतदान गर्न नआउनेहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने भएको छ । प्रेस युनियन आबद्ध रेडियोका प्रतिनीधिहरु राजधानी आएर मतदान गर्न मतदान स्थल नजाने तथा महाधिवेशनमा नै सहभागि नहुनेहरुलाई युनियनले कारबाही प्रक्रिया थालेको बताइएको छ ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan