Thursday 27th of July | २०७४ श्रावण १२ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

‘गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन आवश्यक’

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan
newsabhiyan

लहान, २४ पुस । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले अहिलेको राजनीतिक गतिरोध अन्त्यका लागि परिमार्जनसहित संविधान संशोधन एक मात्र विकल्प रहेको बताउनुभएको छ ।

नेपाल प्रेस सोसाइटी सिरहाले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले मुलुकलाई सङ्कटबाट जोगाउन र संविधानमा सबै समुदायको अपनत्व झल्किने गरी परिमार्जनसहित संशोधनका लाागि एमालेले मार्गप्रशस्त गर्नुपर्ने सुझाव दिनुभयो ।

संयोजक डा भट्टराईले “राष्ट्रको मुख्य मुद्दामा प्रमुख राजनीतिक दलले असन्तुष्ट पक्षको मागप्रति साझा धारणा बनाउन ढिलाइ गर्नुहुँदैन ।”

तराईमा दुई र पहाडमा आठ प्रदेश कायम हुने गरी सीमाङ्कन गरिए चाँडै समाधान निस्किने विश्वास उहाँले व्यक्त गर्नुभयो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan