Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सृजनाले ७ लाख दिने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

काठमाडौं । प्रतियोगिता सम्पन्न गर्न मुख्य प्रायोजक सृजना विकास केन्द्रले ७ लाख रुपैयाँ प्रदान गर्ने भएको छ । पत्रकार सम्मेलनमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति र सृजना विकास केन्द्रबीच प्रतियोगितामा मुख्य प्रायोजन गर्नेबारे सम्झौता भएको हो ।

सम्झौता पत्रमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका तर्फबाट समितिका अध्यक्ष खगराज पौडेल र सृजना विकास केन्द्रको तर्फबाट केन्द्रका अध्यक्ष अर्जुन श्रेष्ठले हस्ताक्षर गरेका थिए ।

सम्झौता पत्रमा हस्ताक्षर पछि बोल्दै केन्द्रका अध्यक्ष श्रेष्ठले भलिवल खेलको विकासका लागि मुख्य प्रायोजन गरेको बताउँदै यसलाई आगामी वर्षहरुमा पनि निरन्तरता दिईने बताए ।

प्रतियोगिताको बिजेतालाई १ लाख ५५ हजार ५ सय ५५ र उपबिजेतालाई ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यस्तै, प्रतियोगितामा विभिन्न विधामा सर्बोत्कृष्ट हुनेलाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने अध्यक्ष पौडेलले जानकारी दिए ।

प्रतियोगिताका लागि कुल २५ लाख संकलन र १८ लाख ६५ हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजक पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । बचत रकम भलिवल टे«निङ सेन्टर निर्माणमा खर्चिने समितिका अध्यक्ष पौडेलले बताए ।

प्रतियोगिता हेर्न दर्शकले टिकट काट्नुपर्ने भएको छ । प्रतियोगिताको पहिलो लिग चरणका खेलहरुका लागि एक सय, सेमीफाइनलका खेलहरुका लागि एकसय पचास र फाइनल खेल हेर्नका लागि दुई सय रुपैयाँ टिकटदर तोकिएको उनले जानकारी दिए ।

टिकटबाट संकलन भएको रकम मध्ये दश प्रतिशत रकम सृजना विकास केन्द्रद्वारा महतगौंडामा सञ्चालित सृजना वालगृहमा आश्रित द्वन्द्व प्रभावित वालवालिकाको लालनपालनमा खर्च गरिने समितिका अध्यक्ष पौडेलले बताए ।

कार्यक्रममा म्याग्दी बेगखोला घर भई अमेरीका बस्दै आएका याम गर्वुजाले पश्चिमाञ्चल महिला भलिवल संघलाई पठाउनु भएको जर्सी हस्तान्तरण गरिएको थियो ।

गर्बुजाका तर्फबाट जिल्ला खेलकुद विकास समितिका अध्यक्ष यामबहादुर गुरुङले पश्चिमाञ्चल महिला भलिवल टिमकी कप्तान मञ्जु गुरुङलाई जर्सी हस्तान्तरण गरे ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan