Friday 26th of May | २०७४ जेठ १२ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

पूर्वपाख्रीबासकर्मीको ‘निरन्तर’ लोकार्पण

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २४ आइतबार
newsabhiyan

काठमाडौँ, २४ पुस । नेपालमा कृषि, पशुपालन, वन र सामाजिक अध्ययन÷अनुसन्धानका क्षेत्रमा चर्चित पाख्रीबास कृषि केन्द्रमा २०५५ साल र सोभन्दाअघि काम गरेका कर्मचारीको संस्था पूर्व पा.कृ.के.मञ्चले आप्mनो नवीनतम् प्रकाशन ‘निरन्तर’ लोकार्पण गरेको छ ।

शनिबार साँझ काठमाडौँमा आयोजित एक समारोहबीच सो प्रकाशन पूर्वपाख्रीबासकर्मी मध्येका कार्यक्रममा उपस्थित ज्येष्ठ सदस्य हेमबहादुर थापाले लोकार्पण गर्नुभएको हो ।

विकास सञ्चारकर्मी एवम् साहित्यकार तोया गौतमको प्रधान सम्पादकत्वमा प्रकाशित ‘निरन्तर’ माथि टिप्पणी गर्दै मधुपर्कका सम्पादक श्रीओम श्रेष्ठ रोदनले ‘निरन्तर’ चलनचल्तीका प्रकाशनमध्ये पृथक प्रकृति र स्वादका साथ आएको एउटा महत्वपूर्ण प्रकाशन भएको विचार व्यक्त गर्नुभयो ।

उहाँले यसमा नियात्रा, कथा, कविता, निबन्ध र संस्मरणका साथै तत्कालीन पाख्रीबास कृषि केन्द्रले अध्ययन÷अनुसन्धान र सिफारिस गरेका उत्कृष्ट प्रविधि एवम् तिनको अनुसन्धान प्रक्रियाका कुरासमेत सन्देशमूलक ढङ्गले पठनीय शैलीमा प्रस्तुत गरेको बताउनुभयो ।

प्रकाशनमाथि अन्नपूर्ण पोष्ट दैनिकका वरिष्ठ पत्रकार तथा स्तम्भ लेखक कृष्णमुरारी भण्डारी र कान्तिपुर दैनिकका पत्रकार अखण्ड भण्डारीले पनि ‘निरन्तर’ माथि टिप्पणी गर्दै नेपालमा यसप्रकारका सामग्रीको खाँचो रहेकाले ‘निरन्तर’ले आफ्ना लक्षित पाठकको पहिचान गरी निरन्तरता कायम गर्नुुपर्ने कुरामा विशेष जोड दिनुभयो ।

कार्यक्रममा विमोचनकर्ता हेमबहादुर थापा, प्रधान सम्पादक गौतम, सम्पादकद्वय चेतनाथ कँणेल र ब्रह्मध्वज गुरुङ तथा पूर्वपाख्रीबास कृषिकेन्द्र कर्मचारी मञ्चका अध्यक्ष शकुन्तला न्यौपाने र उपाध्यक्ष पूर्णबहादुर चेम्जोङले पनि ‘निरन्तर’ प्रकाशनको सन्दर्भ, त्यसबेलाको पाख्रीबास कृषिकेन्द्र र मञ्चका गतिविधि बारेमा प्रकाश पार्नुभएको थियो । रासस 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan