Sunday 24th of September | २०७४ असोज ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

राष्ट्र निर्मातालाई ओझेलमा पारिदैँ

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

सुप्रभात बस्न्यात, आम नेपालीले छातिमा हात राखेर सोचौं, अझै एकान्तमा बसेर चिन्तन गरौं, के नेपाल राष्ट्र बन्नुमा पृथ्विनारयण शाहको योगदान छैन त ? नेपाली हुँ भनेर आज शीर उच्च गर्ने र मेरो देश नेपाल सार्वभौम र स्वतन्त्र राष्ट्र हो भनेर विश्व सामु शानले भन्न पाएको पृथ्विनारयण शाहाकै एकीकरण अभियानले होइन र ?

किन फेरि यो सिङ्गो राष्ट्र बनाउने यौटा महानायक वा भनौ यो राष्ट्रको विभूतिलाई ओझेलमा पारिन खोजिँदै छ । विर्सन खोजिदैं छ ।

मलाई दुःख लाग्छ । जवरजस्ति इतिहाँसलाई मेट्न खोजिँदै छ । अग्रगमनको नाउँमा केही राजनीतिक पार्टिहरुले उनको शालिक ढलाउन पुगे ।

फोटोहरु जलाए । उच्छृगंल नारा लगाए र भने पृथ्विनारायण शाहा पनि सामन्तवाद थिए, उनले नेपाल राष्ट्र एकीकरण गरेका हैनन्, उनले त ससाना राज्य माथि हमला गरी आफ्नो साम्राज्य बढाएका हुन् ।

तर ती बिद्वानमा गनिने राजनीतिक नेताहरुले अनि कार्यकर्ताहरुले किन सोचेनन् कि तत्कालिन समयमा राज्य विस्तारको विश्वव्यापि नै अभियान थियो ।

बेलायतले विश्व सम्राट बन्ने हेतुले भारतसम्म आइसकेको थियो र नेपालमा उसले धावा बोलिरहेको थियो । यस्तो अवस्थामा पूरा नेपाललाई एकीकरण गरी एक ढिक्को पारे र अङ्ग्रेजहरुको विस्तारवादलाई पनि बलियो जवाफ दिए ।

यसरी महानायक पृथ्विनारायण शाहले यो नेपाल राष्ट्रको एकीकरण मात्र गरेनन्, अङ्ग्रेजहरुको उपनिवेश बन्नबाट पनि जोगाए । इतिहास साक्षि छ । तब त, आज हामी गौरव साथ, शीर ठाडो गरी भन्न पाएका छौ, हाम्रो देश नेपाल कसैसङ्ग पनि झुकेको छैन ।

आजसम्म कसैको उपनिवेश बनेको छैन । त्यो इतिहासले आज पनि प्रत्येक नेपालीलाई गौरवान्वित बनाएको छ । प्रत्येक नेपालीको छाति चौडा भएको छ ।

हामी सबैले बुझ्नै पर्ने कुरा, कुनै पनि सिद्दान्त वा दर्शन अन्तिम सत्य हुदैन ।  स्थान, काल र परिस्थिति अनुसार सबै सापेक्षिक नै हुन्छन् । अझ कुनै पनि देशको कार्यविधि र नियम त समय अनुसार नै विश्व परिवेशमै परिवर्तन हुदैं आएको देखिन्छ ।

यदि यसलाई नजीर मान्ने हो भने पृथ्विनारायण शाहले गरेको त्यो एकीकरण अभियानको कदम तत्कालिन अवस्थामा सहि थियो । र समयको अन्तरालसङ्गै एकात्मक राजसंस्था, पञ्चायति व्यवस्था, प्रजातन्त्र, लोकतन्त्र हुदैं गणतन्त्रसम्म हामी आज आईपुगेको छौं ।

परिवर्तन स्वभावैले स्वतः भईरहेको देखिन्छ र यो निरन्तर चलिरहने प्रक्रिया हो । तर समयको यी कालखण्डहरुमो देश प्रति गरिएका योगदान र बहादुरीको कदर गरिनुपर्छ मात्र भन्न खोजिएको हो ।

नभए हाम्रा सन्ततीलाई हाम्रो गौरवमय इतिहासको बारेमा सिकाउने केही हुँदैन । अनि हाम्रो नेपाली शानको इतिहास रहँदैन ।

दुखको कुरा राष्ट्रिय विभूतिको सम्मानमा र सम्झनामा दिदैं आएका सार्वजनिक विदा कटौटी गरियो । उनको सम्झनामा गरिँदै आएका विभिन्न कार्यक्रमहरु हात्तिको देखाउने दाँत जस्तो मात्र भयो ।

उनेले नै जन्माएको यो देश नेपालमा हामी बसेका छौं । तर हामी नेपाली दरद्रि भयौं, सकिंणर्ताले हामीलाई घे¥यो कि उनेको तत्कालिन अबस्थामा गरेको योगदान, बहादुरी र पुरुषार्थको आज हामीले कदर गर्न सकनौ ।

अझ उल्टो मन्त्रिहरु क्याबिनेट बैठक गर्दैछन् रे, राष्ट्रिय ऐकीकरणका महानायक पृथ्विनारयाण शाहलाई सम्मान गर्ने कि नगर्ने भनेर । हामीलाई लाज लाग्नु पर्ने हो ।  हामीलाई उनेले सिङ्गो सार्वभौम राष्ट्र दिए । हामीलाई उनले अङ्ग्र्रजेको गुलाम हुनबाट बचाए ।

उनले हामीलाई विश्वको सामु स्वभिमानि नेपाली बनाईदिए । तर हामीले उनलाई के दियौं ? सोचौं सबै नेपाली जनताले । हो, हामीले उनलाई गालि दियौं । तिरस्कार ग¥यौं । अव हामीले विर्सन खोज्दै छौं । अनि हाम्रा सन्ततीहरुले हामीबाट कस्तो पाठ सिक्ने, हाम्रो इतिहासको बारेमा ?

ऐतिहासिक कालखण्डमा राष्ट्रिय गौरवको लागि जसले  अमिट योगदान पु¥याएका हुन्छन् उनीहरु राष्ट्रका बिभूति हुन् ।  यस्ता राष्ट्रिय विभूतिहरुको प्रभावले  भावी सन्ततिहरुलाई  राष्ट्रियता प्रति पे्ररणादायी भूमिका दिलाउँछ । अझ राष्ट्र  निर्माणको पहिचान दिलाउने विभूतिहरु त राष्ट्रका विभूतिहरुमा अग्रपक्तिंमा आउँछन् ।

पृथ्विनारायण शाह यस्तै अग्रपक्तिंका विभुति हुन् जसले आधुनिक नेपालको निर्माण गरे,अनि राष्ट्रिय एकताको सन्देश दिए । जसको परिणाम आज हामी गौरवका साथ मेरो नेपाल र नेपाली भन्न पाएका छौं । मैले यहाँ उनको इतिहासको चर्चा गर्न खोजेको होइन । न त उनको बहादूरीको नै ।

उनको गाथा गाउनमा धेरै पानाहरु भरिएका छन् । नेपाल एकीकरण जस्तो गौरवशाली इतिहासको बिभूतिको सम्मान राज्यले गर्न छोडिसकेको छ । यदि उनी प्रति हाम्रो सच्चा सम्मान थियो भने उनको जन्म दिनको विदा कटाउने हरकत गरिंदैनथ्यो । यो कदमले इतिहासको यो योगदानलाई गुमनाम गर्न खोजेको देखिन्छ ।

पृथ्विनारायण शाह एक दुरदर्शी, धार्मिक सहिष्णु र देशपे्रमी राजा थिए । उनको  विचार र कार्यहरुबाट यो पुष्टि हुन्छ । अझै पनि आजको राजनीतिक पार्टीहरुले उनीसगं यी कुराहरु सिके अहिलेको जटिल परिस्थितिमा सहजता आउने थियो कि ?

नेपाल चार जात र छत्तिस वर्णको साझा फूलवारी हो भन्ने उनको दिव्य उपदेश छ । यो उपदेशले बिभिन्न जातजातिलाई मिलाएर राज्य संचालन गर्न खोजेको देखिन्छ र जातीय सम्मान पनि । उनीहरुलाई एउटा फुलवारीको विभिन्न जात जातिको फूलको सज्ञां दिई सम्मान र आदार गरेका थिए ।

विभिन्न जातजातिहरुको  समष्टिगत रुपनै फूलवारी भने जस्तै विभिन्न जातजाति र धार्मिक परम्पराको साझा थलो नेपाल भन्न खाजिएको थियो । तर आज जातको नाउँमा, प्रान्तको नाउँमा यो साझा फूलबारीमा विखण्डन गरिँदैछ ।

पृथ्विनारायण शाहले दुई सय ७० बर्ष पहिले नै भारत र चीनसङ्गको नेपालको सम्वन्ध कस्तो हुनुपर्छ भनेर निक्र्यौल गरिसकेका थिए । तत्कालिन अवस्थाको दूरदर्शिता आज पनि उत्तिकै रुपमा मनन योग्य र कार्यान्वयन योग्य छ । तर अग्रगमनको नाउँमा हाम्रा उराउनठेला नेताहरुले बहुलट्ठिपनामै आज देशलाई गम्भिर मोडमा पुराइदिए ।

भारतको अघोषित नाकाबन्दि हामी नेपालीलाई उनीहरुसङ्गको परनिरभर्ताको आगोको भुङ्ग्रोमा हाली हाम्रो औकात परीक्षण गर्नु हो भने नेपाली नेताहरुको गम्भिर रुपमा छिमेकी मुलुकहरुसङ्गको कुटनीतिक र दूदर्शिताको असफलता हो ।

नभए आज आम नेपालीको घरमा चुल्हो नबल्दा र बिरामीको लागि औषधि नहुँदा पनि उही भारतलाई नै कनाइरहनु पर्ने स्थिति आउने थिएन ।  सबै नेपालीले मनन गरिरहेका छन् ।

नेपाल एकीकरण  अभियानमा काठमाडौं बिजय पछि पृथ्वी नारायाण शाहले तत्कालै धार्मिक सहिष्णुता देखाएका थिए । काठमाडौंको जयप्रकाश मल्ललाई ईन्द्रजात्राको राति हराएपछि उनकै राजसिहंसानमा बसी स्थानीयवासीहरुसंगै ईन्द्रजात्रा मनाएर सुचारु गरेका थिए ।

आफूले जितेको राज्य भन्दै उनले त्यहांको धार्मिक परम्पराहरुलाई बेवास्ता गरेनन् न त त्यहांको जनतासगं दुव्र्यवाहर नै गरे । यता कीर्तिपुर तेस्रो पटक विजय गरिसकेपछि स्थानीय बाघभैरव मन्दिरमा गई पूजाअर्चाना गरेका थिए । धार्मिक सहिष्णुता अपनाएरै कीर्तिपुरवासीको मन जितेका थिए ।

आज सयुंक्त राष्ट्र संघले अरुको देशमा जादां त्यस देशको धर्म संस्कृतिलाई आदार गर्नु भनेको छ । पृथ्विनारायण शाहले दुईसय ७० वर्ष अगाडिनै जति बेला चरम सामन्ती र राजकीय अधिनायकबादको बेलामा पनि यस्तो समनाता व्यवहार गर्नुले उनको चेतनाको स्तर सुक्ष्म र मथिल्लो स्तरको थियो भनि भन्न सकिन्छ । 

गणतन्त्रको नाममा अहिले जति पनि राष्ट्रिय एकता दिवसको महत्वको बेवास्ता हुँदै गएको छ । बिशेष गरी गणतन्त्रको नाममा शाहवंशीय राजासंग जोडिएका राम्रा पक्षलाई समेत आँखा चिम्लेर मेटाउने निर्णय तथा गतिबिधी भइरहेका छन् ।

यस्तो कदमले पृथ्वीनारायण शाहको उपहास मात्र नभएर  सिंङ्गो  राष्ट्रिय एकता र राष्ट्रियताको उपहास भएको छ । र नेपालीहरुको इतिहास नाङ्गिएको छ ।

समष्टिमा भन्दा राष्ट्रिय विभूतिहरुको सम्मान भएन भने देशका आउने पडिंहरुले सिक्ने र प्रेरणा लिने अवसर मिल्दैन । राष्ट्रिय गौरवमय ईतिहांसहरु कमजोर  भएर जान्छ  ।

जसले गर्दा हाम्रो राष्ट्रको पहिचानमा नै प्रश्न चिन्ह आउन सक्छ । राजनीतिक पार्टिहरुले दलगत स्वार्थ भन्दा पनि नेपाल सार्वभौमसत्ताको रक्षा गर्न र राष्ट्रिय विभूतिहरुलाई सम्मान गर्न कहिले पछि नहटून् । यहि सबैलाई चेतना भया ।

 

 

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan