Friday 23rd of June | २०७४ असार ९ शुक्रबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

अनाधिकृत बस्ति माथि धनकुटा प्रशासनले यसरी चलायो डोजर (भिडियो हेर्नुहोस्)

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,धनकुटा, २५ पुस ।  धनकुटा नगरपालिका वडा नं १ हिले स्थित बिद्युत् प्राधिकरण स्वामित्वमा रहेको जग्गामा अनधिकृतरुपमा बसाइएको बस्ती स्थानीय प्रशासनले डोजर लगाएर हटाएको छ ।

बस्ती हटाइ जग्गा खाली गराउन सार्वजनिक सूचना जारी गरेको डेढ महिनासम्म पनि वस्ति नहटाएपछि प्रशासनले डोजर लगाएर घर टहरा भत्काएको हो ।

बिद्युत् प्राधिकरण स्वामित्वको १ सय ९५ रोपनी मध्ये १० रोपनी भन्दा बढि जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरि ४० भन्दा बढि परिवार दशकौं देखि बसोबास गर्दै आएका थिए ।

प्रशासनले दिएको समयसिमा भित्र जग्गा खाली नगरेकाले बलप्रयोग गरेर वस्ति हटाउनु परेको जनाएको छ ।

जग्गा अतिक्रमण रोक्न पटक–पटक पत्र लेखिए पनि अटेर गरिएपछि वल प्रयोग गर्नुपरेको प्रशासनले जनाएको छ । 

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan