Thursday 23rd of November | २०७४ मङ्सिर ७ बिहिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हेल्थ असिष्टेण्टद्धारा जिल्ला अस्पताल गौरमा धर्ना

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

अभिमनु कुमार पटेल, रौतहट, २४ पुष ।  तहगत जिम्मेवारीको माग गर्दै रौतहट स्थित हेल्थ असिष्टेण्ट संघ नेपाल आज देखि जिल्ला अस्पताल गौरका प्रमुख बिरुद्ध आन्दोलनमा उत्रेका छन् ।

दुईबर्ष अघि नेपाल सरकार तथा मन्त्री परिषदले गरेको निर्णयलाई  प्रमुख नवलकिशोर झाले लत्याएर हेल्थ असिष्टेण्टलाई सि अ.हे.व.हे मातहतमा खटाएको बिरुद्धमा हेअ संघ आन्दोलनमा उत्रेका हुन ।

संघ नेपाल रौतहटका अध्यक्ष  रामनरेस यादव को नेतृत्वमा जिल्लाभरीका ३५ जना  हे.अ.हरु आईतवार बिहान १० बजेदेखी जिल्ला जनस्वाश्थ्य कार्यालय गौरको मुल गेटमा धर्ना बसेका छन ।

संघका अध्यक्ष यादवका अनुसार देशभरीकै हेल्थ असिष्टेण्ट अ.हे.व.को मर्यादा भन्दा माथी हुने २०७१ पुष २४मा तत्कालिन मन्त्री परिषदले निर्णय गरेको थियो ।

निर्णय अनुसार कार्वान्यनका लागी मन्त्रालय, बिभाग र क्षेत्रबाट  लिखित पत्र पठाएर पटक पटक तगेदा गरेको थियो । तर दुईबर्ष बित्नलाग्दा सम्म कार्वानयन नहुँदा बाध्यभई आन्दोलनमा उत्रिनु परेको अध्यक्ष यादवले बताए ।

जनस्वाश्थ्य प्रमुख झा बिभिन्न राजनितिक दवाब र बिभिन्न प्रभावमा परेर निर्णय कावान्यन नगर्दा जिल्लाभरीमा झण्डै ५० जना हेल्थ असिष्टेण्ट पिडित भइरहेको सघंको गुनासो रहेको छ । शान्तिपूर्ण आन्दोलनको वास्ता नभएमा जनस्वाश्थ्यमा तालाबन्दी गरीने संघले चेतावनी समेत दिएको छ ।             

 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan