• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

उडिरहेको विमानबाट दिसा झर्न थालेपछि…५० हजार रुपैयाँ जरिवाना तिराउने

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

एजेन्सी । मानव बस्तीमा आकाशबाट दिसा खस्न थालेपछि भारतको अदालतले आकाशबाटै मानव दिसा बाहिर फाल्ने जहाजलाई कारवाही स्वरुप पचास हजार रुपैया जरिवाना वापत तिराउने भएको छ ।

जहाजहरुले विमानस्थल नजिकै आवासीय क्षेत्रमा मानव दिशा तथा फोहोरहरु फाल्ने गरेको भन्दै त्यसलाई रोक्न अदालतमा निवेदन परेपछि अदालतले सो निर्णय गरेको हो ।

विशेष गरी जहाजमा जम्मा भएको फोहोर तथा मानव दिसा पिसाव संकलन गरी अवतरण पश्चात व्यवस्थित गरिने गरिन्छ । त्यस्तै भारतिय नागरिक उड्यनका अधिकारीहरुले जहाजमा भएको केही त्रुटिका कारण त्यस्तो भएको हुन सक्ने जनाएका छन् ।

अदालतले उड्यन प्राधिकरणलाई समस्याको समाधान गर्न निर्देशन दिएको प्रेस ट्रष्ट अफ इण्डियाले जनाएको छ । अदालतले नियमक निकायलाई जहाज अवतरण भइसके पछि जहाजमा मानव दिसा भए नभएको अनुगमन गर्न समेत भनेको छ ।

यदी जहाजको ट्यांकमा मानव दिसा फेला नपरे उनीहरुलाई कारवाही स्वरुप ५० हजार रुपैयाँ जरिवाना तिराउन निर्देशन दिइएको छ । विमानहरुलाई विपक्षी बनाइ पूर्व सैनिक अधिकारीले अदालता मुद्दा दायर गरेका थिए ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan