• FB
  • FB
  • FB
Tuesday 28th of February | २०७३ फाल्गुण १७ मंगलबार

स्थानीय तहको चुनाव गराउन निर्वाचन आयोग यसरी तात्यो !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

काठमाडौं, २५ पुस । स्थानीय तहको चुनाव गर्न निर्बाचन आयोग तातिएको छ । व्यावस्थापिक संसदमा निर्बाचन सम्बन्धि विद्येयक अघि बढेको भोलीपल्टै निर्बाचन आयोगले स्थानिय तहको निर्बाचनमा भाग लिने राजनीतिक दलहरुलाई जिल्लामा दर्ता हुन आग्रह गरेको हो ।
 
आयोगले तयार गरेको एक फर्ममार्फत आफ्नो दलको विस्तृत विवरण अन्तर्गत नेतृत्व,ठेगाना, सम्पर्क नम्बर समेत बुझाउनुपर्नेछ ।
 
आयोगले एक सुचनामार्फत भनेको छ, ‘आगामी स्थानीय तहको निर्वाचन व्यवस्थापनका लागि राजनीतिक दलहरूको जिल्लागत विवरण अद्यावधिक गर्न नेपालको संविधानको धारा २६९ बमोजिम यस आयोगमा दर्ता कायम रहेका राजनीतिक दलले आफू क्रियाशिल रहेका जिल्लाका जिल्लास्तरीय समिति मार्फत २०७३ साल माघ १७ गतेसम्ममा सम्बन्धित जिल्लास्थित क्षेत्रीय निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा देहायको विवरण तोकिएको ढाँचामा उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
 
यससँगै निर्वाचन आयोग निर्वाचन गराउन तताएिको पाइएको छ । तर सरकारले स्थानीय निकायको चुनावको मिति घोषणा,कानुनी बाधा फुकाउन तत्पर्यता देखाउन जरुरी देखिन्छ ।
 

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan