Tuesday 17th of October | २०७४ असोज ३१ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

हैटी सडक दुर्घटनामा बिस जनाको मृत्यु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

मेक्सिको सिटी (मेक्सिको), २५ पुस । हैटीको उत्तरी पहाडी क्षेत्रमा आइतबार भएको सडक दुर्घटनामा कम्तिमा २० जनाको मृत्यु भएको हैटीको सुरक्षाकर्मीलाई उद्धृत गर्दै पेरुको राज्य संचालित न्यूज एजेन्सी आँदिनाले जनाएको छ ।

घटनामा दर्जनौ मानिस घाइते भएका दर्जनौ यात्रुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएकोे छ ।

मन्ट लाक्रिटी भन्ने उच्च पहाडी क्षेत्रमा भएको उक्त घटनामा घाइते भएका मध्ये केहीको स्वास्थ्य स्थिति गम्भीर भएको आँदिनाले अस्पताल स्रोतलाई उद्धृत गरी जानकारी गराएको छ ।

एक ट्रकले सोही दिशाबाट चलिरहेको यात्रुवाहक बसलाई ठक्कर दिएपछि बसका अधिकांश यात्रु घाइते भएका बताइएको छ । रासस-सिन्ह्वा
 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan