Monday 24th of July | २०७४ श्रावण ९ सोमबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गृहमन्त्री हुन् कि सुनमन्त्री !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान, काठमाडौं, २५ पुस  । गृहमन्त्री विमलेन्द्र निधिको सम्पत्ति विवरण हेर्नेहरु जिल परे, किनभने सबैभन्दा बढी सुनखानी गृहमन्त्रीकै घरमा रहेछ ।

यद्यपि उनको आयस्रोत केही छैन, राजनीतिमात्र हो र उनले पनि ती सुन र सम्पत्ति दाइजोमा ल्याएको बताएका छन् ।

दाइजो दिने उनका ससुरालीको हैसियत नाप्ने, सोध्ने र हेर्ने कसले ? हेर्लान भन्ने लोकमान सिंह कार्की निलम्बनपछि पदमुक्त पनि भइसके ।

हालै एयरपोर्टका २४ वटा सुरक्षा जाँच चौकी पार गरेर निकालिएको ३३ किलो सुनकाण्ड अहिले चर्चामा छ । २९ जना कर्मचारी छानबिनमा परेका छन् ।

यो ठूलै काण्डको पर्दाफास हुने हुने बेलामा गृहमन्त्रीले चासो दिएर फासफुस पार्न खोजेको खबर छ । कतै यो सुनकाण्डको पछाडि गृहमन्त्रीसमेतको सेटिङ पार्टनरसिप पो रहेछ कि ?

प्रहरीले आशंका त गरेको छ, आशंका गरेर के गर्नु, विभागीय मन्त्रीलाई ओल्टाइपल्टाई गर्ने हैसियत कसको ? किनभने आइजीपी फेरिने बेला हुनलाग्यो, त्यसै पनि प्रहरी कमजोर हुने बेला यही न हो ।

यो पनि पढ्नुहोस् :  पक्राउलगत्तै दर्जनलाई मुद्दा चलाइने, सुनकाण्डमा मुछिने सबैको जागिर चट्

३३ किलो सुनमा अनुसन्धान सुरुः प्रहरीका उच्च अधिकारी नै संलग्न !  

 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan