Wednesday 29th of March | २०७३ चैत १६ बुधबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

यस्ता छन् कारण ! सामान्य कुरामा पनि रुन्छन् केटीहरु

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

तपाइँलाई थाहै होला, पुरुषका तुलनामा महिलाहरु बढी रुन्छन । सानोतिनो कुरामा पनि महिलाहरु आखाबाट आँसु खसाली हाल्छन ।

किन होला ? 

केटीहरु दुखि हुँदा मात्र होइन खुसी हुँदा पनि चाडै आँसु खसाल्छन् । तर केटीहरु किन यति सहजै आँसु खसाउँछन् भन्ने विषयले बैज्ञानिकहरुलाइ समेत टाउको दुखाएको छ ।

द टेलीग्राफका अनुसार महिला पुरुषको तुलनामा बढी रुन्छन् । महिलाको  आंसुसँग सम्बन्धित ग्ल्याण्ड पुरुषको तुलनामा बढी सक्रिय हुन्छ । यिनको बनावट पनि अलग अलग हुन्छ ।

यसैकारणले महिलाको आँखामा आँसु बढी आउँछ । शोधकर्ताहरुका अनुसार महिलाको आंखामा आंसू एक महिनामा करीब ५.३  पटक आउँछ जबकि पुरुषको आँखामा १.४ पटक मात्र आउँछ ।

एक पटकमा महिला ६ मिनेट सम्म रुन्छन् । तर पुरुषको रुने अवधी सामान्यतया २ देखि ४ मिनेटको मात्र हुन्छ ।

रुँदा आँखाबाट आँसुमात्र होइन नाकबाट सिगान पनि आँउछ । रुदा आँसु हाम्रो श्वास नलिमा प्रवेश गर्ने भएकाले यसो हुने जनाएको छ । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan