• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार
ताजा समाचार :

सञ्जु लिम्बूको ‘हुक्सोदिङ सेवारो’ भिडियो सार्वजनिक

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

काठमाडौं । अमेरिकामा बसोबास गर्दै आएकी गायिका सञ्जु लिम्बूको आवाजमा रहेको ‘हुक्सोदिङ सेवारो’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।

हुक्सोदिङ सेवा एल्बममा रहेको उक्त गीतको भिडियोलाई युवा निर्देशक प्रेम लामाले निर्देशन गरेका छन् । ज्ञानेन्द्र शर्माको सिनेम्याटोग्राफिमा तयार भएको भिडियोमा कोरियोग्राफि भने सन्तोष राजवाहकको छ ।

उषा लिङदेन र दिनेश थापाको उत्कृष्ट अभिनय रहेको भिडियोको निर्माता मुकेश सुहाङ हुन् । गीतमा यादन शेर्माको शब्द तथा संगीत छ । गायीका लिम्बूले यसअघि पनि धेरै गीतहरुमा आफ्ना स्वर दिईसकेकी छिन् ।

हुक्सोदिङ सेवारो बोलमा रहेको उनको यस गीत लिम्बु भाषाको हो । आफ्नो जाति, धर्म संस्कृतिको निम्ति लिम्बु भाषाको समेत गीत गाउन लागेको सञ्जुले बताईन् ।

आफू जन्मेको हुर्केको ठाउं छाडेर अर्काको देशमा आउनुपर्दा निकै पीडा भएको बताउंदै विश्वको जुन कुनामा भएपनि आफ्नो पहिचान र संस्कृति भुल्न नसक्ने उनले बताईन् ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan