• FB
  • FB
  • FB
Wednesday 18th of January | २०७३ माघ ५ बुधबार

सुनको भाउ आज पनि बढ्दो, तोलाको ५३ हजार ८ सय रुपैयाँ पुग्यो

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan

काठमाडौं, २५ पुस । पुस महिना लागेपछि उकालो लागेको सुनको भाउ सोमबार पनि बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक सय रुपैयाँले बढेर सुन ५३ हजार ८ सय रुपैयाँ पुगेको छ । यो महिनाको सुरुमा तोलाको ५१ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुन त्यसयता लगातार बढ्दै गएको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघले सुनको भाउ अझै बढ्न सक्ने अनुमान गरेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको माग बढेकाले भाउ बढ्ने अनुमान गरिएको हो ।

सोमबार चाँदीको भाउ भने स्थिर रहेको छ । आइतबार जस्तै चाँदी सोमबार तोलाको ७८० रुपैयाँ छ ।

एनभिएम ग्रुपद्वारा संचालित यस् न्यूज अभियान डट कममा तपाईं हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुन्छ । फेसबुक र ट्वीटरमा जोडिएर चाडो समाचार पाउनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan