Tuesday 21st of November | २०७४ मङ्सिर ५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

सिमांकनको विषयलाई थाँती राखेर भएपनि चुनावमा जानुपर्छ : महामन्त्री कोइराला

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

काठमाडौं, २५ पुुस । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकलाई निकास दिनको लागि प्रदेशको सिमांकनको विषयलाई थाँती राखेर चुनावमा अघि बढ्नुपर्ने बताएका छन्।

सोमबार ब्रिटिश गोरखा नेपाली परिषदले समृद्ध राष्ट्र निर्माणमा गोरखाहरुको योगदान विषयक अन्तरक्रिया विशेष कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले मुलुकलाई निकास दिलाउनको लागि पनि प्रदेशको सिमांकनको विषयलाई थाँती राखेर भएपनि चुनावमा जानुपर्ने तर्क गरेका हुन्।

उनले भने,‘अहिले विवादित रहेका विषयहरुलाई थाँती राखेर भएपनि चुनावमा जानुपर्छ, किनकी राष्ट्रलाई निकास दिलाउनु नै ठूलो कुरा हो।’

उनले संविधान कार्यान्वयन गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनुपर्ने बेला भएकोले अब विलम्ब नगरीकन चुनावमा दलहरु केन्द्रित हुनुपर्ने बताए। उनले भने,‘दलहरुवीच निर्वाचनको लागि सहमति गर्नुपर्छ, अब विलम्ब गर्नुहुँदैन्।’

उनले मुलुकलाई आर्थिक समृद्धिको बाटोमा डोर्याउनको लागि आफ्नो पार्टीले सशक्त भूमिका निर्वाह गर्ने समेत विश्वास दिलाए। कोइरालाले थपे,‘विपीले देखेको सपना पूरा गराउनको लागि हामीले विशेष भूमिका खेल्नुपर्छ, अब सबै दलहरु आर्थिक विकासमा केन्द्रित हुनुपर्छ।’ उनले गोरखालीहरुले खेलेको भूमिका प्रशंसनीय रहेको बताए।

परिषदकी नेपाल च्याप्टरकी अध्यक्ष एवम् पूर्व मिस नेपाल सुविन लिम्बुको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै उनले भने,‘गोरखालीहरुले खेलेको भूमिका उल्लेखनीय छ, जति प्रशंसा गर्दापनि कमै हुन्छ।’

कार्यक्रममा रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेताहरुले धेरै राजनीतिक भाषणा गरिसकेकोले अब त्यसलाई छोडेर आर्थिक विकास, समृद्धिको कुरा गर्नेतिर लाग्नुपर्नेमा जोड दिए। धमलाले आर्थिक विकासको लागि आफ्नो ठाउँबाट बहस गर्ने समेत विश्वास दिलाए।

मुलुकको निकासको लागि सबै दलहरु एक ठाउँमा आउनुपर्ने र सहमति, सहकार्य र एकताबाटै अघि बढ्न उनले प्रमुख दलका शीर्ष नेताहरुलाई आग्रह  गरे। उनले भने,‘सरकारले असन्तुष्टहरुको आवाज सम्बोधन गर्नको लागि संसदमा संशोधन विद्येयक टेबुल गरेको छ, अब यसलाई समझदारीमै पारित गरेर मुलुकलाई निर्वाचनमा अघि बढाउनुपर्छ, संविधान कार्यान्वयन गर्दै सबै दलहरु हातेमालो गर्दै अघि बढ्नुपर्छ।’

उनले नेपालमा दुरदर्शी नेताको खाँचो रहेको आवश्यकत्ता औंल्याए। उनले काँग्रेसका महामन्त्री डा. कोइरालाले मुलुकलाई आर्थिक विकासको बाटोमा अघि बढाउन अब नेतृत्व लिनुपर्ने बताए।

धमलाले भने,‘देशको विकासको लागि अब आर्थिक एजेण्डा बोकेर संशाक दाई अघि बढ्नुपर्छ, प्रधानमन्त्री बन्नुहोस्, मेरो शुभकामना छ।’

उनले आगामी दिनमा क्लबले आर्थिक विकासका एजेण्डामा बढि केन्द्रित रहेर बहस तथा अन्तरक्रिया गर्ने समेत प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा काँग्रेसका केन्द्रिय सदस्य गुरुराज घिमिरे, एमाले नेता रविन्द्र अधिकारी, माओवादी केन्द्रका नेता सुरेश आलेमगर लगायतले आफ्नो भनाई राखेका थिए।

कार्यक्रममा परिषदका अध्यक्ष एकराज नेम्बाङ्ले संस्थाको स्थापना नै नेपाली कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारितालाई विश्वभरि नै चिनाई नेपालको सामाजिक विकासमा योगदान पुर्याउने उद्देश्यका साथ स्थापना भएको बताउँदै आगामी दिनमा नेपालको विकासको लागि मरिमेटेर काम गर्ने विश्वास दिलाए।

उनले भने,‘कलाकारिता, साहित्य, संगीत, खेलकुद र पत्रकारितासहितको ५ विद्याका प्रतिभा वा श्रष्टालाई सम्मान गर्ने उद्देश्यले विश्वभरबाट छनौट गरि व्रिटिश गोरखा अर्वाड प्रदान गर्छौं।’

त्यस्तै उनले नेपालका प्रतिभाहरुको खोजी गर्ने उद्देश्यले छिट्टै मिस गोरखा पनि आयोजना गर्ने जानकारी दिए । उनले अघि थपे,‘यी दुवै कार्यक्रमको लागि हामीले तयारी सुरु गरिसकेका छौं ।’ अध्यक्ष नेम्बाङ्ले गोरखालीहरुले सिकेको सिप र क्षमतालाई सरकारले मुलुक निर्माणमा लगाउनुपर्नेमा जोड दिए ।


 


न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।


न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan