‘सिगलको उडान र समुद्रको स्पर्श’ नियात्रा विमोचित
काठमाडौँ, २५ पुस । लेखिका गायत्री श्रेष्ठले लेख्नुभएको ‘सिगलको उडान र समुद्रको स्पर्श’ शीर्षक नियात्रा सङ्ग्रह आजदेखि बजारमा आएको छ ।
लेखिका श्रेष्ठले विभिन्न समयमा गरेका स्वदेश तथा विदेश यात्राको स्मरणलाई कृतिमा समावेश गरिएको छ । कृतिको स्वदेश खण्डमा मुक्तिनाथ, डडेल्धुरा, महाकाली, बन्दीपुरलगायत स्थान तथा विदेश खण्डमा जर्मनी, स्वीट्जरल्यान्ड, बेलायतलगायत मुलुकका भ्रमणका २० रचना समाविष्ट छन् ।
आख्यानकार माया ठकुरीले कृतिको विमोचनका क्रममा असल नियात्राकारले वर्णन गरेको स्थानबाट पाठकले प्रशस्त ज्ञान र मनोरञ्जन लिनसक्ने बताउँदै पछिल्लो समय नियात्राको महत्व बढ्दै गएकाले यसलार्ई अन्तर्राष्ट्रिय तहमा प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपाल शाखाका अध्यक्ष राधेश्याम लेकालीले नेपाली साहित्यलाई श्रीवृद्धिका लागि सो कृति उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । रासस