Saturday 29th of April | २०७४ बैशाख १६ शनिबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

गुराँसद्वारा मृत्युदाबी भुक्तानी बापत आठ लाख प्रदान

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

पोखरा । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले पोखरा १६ लामाचौर बस्ने जुना थापालाई मृत्यु दाबी भुक्तानी बापतको ८ लाख २६ हजार तीन सय रुपैयाँ सोमबार प्रदान गरेको छ ।

जुना थापाका पति कृष्णबहादुर थापाको केहि समय पहिले दुर्घटनामा मृत्यु भएको थियो । उनले बिमाङ्क रकम बापत ४ लाख पाँच हजार इन्स्योरेन्समा जम्मा गरेका थिए ।

सोमबार गुराँस लाइफ इन्स्योरेन्स कं.का पश्चिमाञ्चल क्षेत्रीय कार्यालय पोखराका प्रमुख बाबुराम पौडेलले उक्त रकमको चेक थापालाई हस्तान्तरण गर्दै जीवन बिमाको महत्त्व बारे प्रकाश पारेका थिए ।

कार्यक्रममा कम्पनीमा क्षेत्रीय बजार प्रमुख श्यामप्रसाद तिमिल्सेनाले विमा कम्पनीले घर घरबाट रकम लाने मात्रै होइन घरमै आएर बिमाको रकम प्रदान गर्ने परिपाटीको बिकास गर्नुपर्ने बताए ।

सो अबसरमा सिनियर एजेन्सी मेनेजर लक्ष्मण भट्टराई, अभिकर्ता लीला थापा, रामचन्द्र भण्डारी, महेश्वर पोख्रेल, डुम्रे शाखाका प्रमुख उमाकान्त बराल, स्याङ्जा शाखा प्रमुख प्रकाश रेग्मी, एजेन्सी मेनेजर सुर्य सुमन थापा लगाएतले बोलेका थिए ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan