Sunday 23rd of July | २०७४ श्रावण ८ आइतबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रधानमन्त्री प्रचण्डले अब देउवालाई लडाउने !

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

न्यूज अभियान,काठमाण्डौ,२५ पुस ।

एमाले अध्यक्ष केपी ओलीजस्ता चङ्ख नेतालाई प्रधानमन्त्री बनाउन समर्थन गरेर वीचबाटोमै छिर्की लगाएर लडाएनन् मात्र , नेपाली कांग्रेसको बुई चढेर सिंहदरवारको शासक समेत बन्न सफल भए पुष्पकमल दाहाल  प्रचण्ड ।

प्रधानमन्त्री बन्दा प्रम पुष्पकमल दाहाल  प्रचण्डले ९–९ महिनाको भद्र सहमति गरेर देउवालाई विश्वासमा लिएका थिए । देउवाले पनि प्रचण्डको विश्वासमा परेर अहिलेसम्म बोकिरहेकै छन् ।

तर आज गृहजिल्ला चितवन पुगेका प्रम दाहालले कांग्रेस हाउस सानेपा, देउवा हाउस बुढानिलकण्ठसम्म सुनिने गरी कर्कस आवाजमा अभिव्यक्ति दिए– सजिलै राजीनामा दिइन्न ।

यद्यपि प्रचण्डले संविधान संशोधन विधेयक असफल भए पनि राजीनामा नदिने अर्थमा देउवाका हनुमानहरुले व्याख्या गरेका छन् ।

तर, प्रचण्डका व्यवहार बुझ्ने विश्लेषकहरु भन्छन्– प्रचण्डले यो अभिव्यक्ति देउवालाई नै सुनाएका हुन् ।
यसको अर्थ जसरी केपी ओलीले प्रचण्डसँगको भद्र सहमति तोडेका थिए, प्रचण्डले देउवालाई धोका दिने सुर कसेका हुन् ।

प्रचण्डकै शव्दमा– ‘जबसम्म देशका समस्या थाँती रहन्छन् त्यसलाई समाधान गरेर मात्रै सरकार छाड्छु ।’
समस्यै समस्याबाट घेरिएको देशमा सबै समस्या कसरी र कहिले समाधान होलान् र ?

यसै बिच ओलीले एक फरक कार्यक्रममा संबिधान संसोधन कुनै पनि हालतमा गर्न नदिने बताएका छन् । 

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

न्यूज अभियान TV - ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan