Tuesday 28th of March | २०७३ चैत १५ मंगलबार

न्यूज अभियान
हरेक खबर विशेष खबर

प्रियंका चोपडालाई बाँदरले बजायो गालामा थप्पड

न्यूजअभियान | प्रकाशित मिति : २०७३ पौष २५ सोमबार
newsabhiyan
newsabhiyan

एजेन्सी । मानिस ठूलो होस् वा सानो सबैका आ आफ्ना स्मृतिमा मिठा मिठा रहस्यहरु लुकेका हुन्छन् । फरक यत्ति हो धेरैले आफ्ना बाला पनका त्यस्ता रोचक र गज्जबका स्मृतिहरु बाहिर ल्याउछन् त कतिपयले ल्याउँदैनन् ।

तर बलीउड चर्चित नायिका, पूर्व विश्वसुन्दरी तथा हलीउड अभिनेत्री समेत रहेकी प्रियंका चोपडाले भने आफ्नो बालापनको बाँदरसँग गरेको रमाइलो स्मृति बाहिर ल्याउकी छिन् ।

प्रियंकाले हालै द कपिल शर्माु शोमा यस्तो कुरा सेयर गरेकी हुन् । जसको सुटिङ पुरा भएको र केही दिनमा नै प्रशारण हुने भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । कपिल शर्माले शोलाई यस बर्षकै हास्य प्रदायक एपिसोड बनाउन लागि परेको बताएका छन् ।

चर्चित कमेडियन कपिल शर्माले शोमा प्रियंकालाई बलापनको रमाइलो अनुभव सुनाउन आग्रह गरेका छन् । प्रियंकाले हास्दै स्कूल पढदाको समय बाँदरले थप्पड लगाएको सम्झना सुनाउँदै भनिन् , म स्कूलबाट घर फर्कदै गर्दा एउटा बाँदर रुखमा झुन्डि रहेको देखे । सो दृश्य देखेर मैले हाँसो रोक्न सकिन ।

प्रियंकाले थपिन् ‘म हाँसेको देखेर बाँदर अचानक मेरो छेउमा आयो मैले के गर्ने केहि सोच्न सकिन ।’ बाँदरले मलाई जोडले एक थप्पड लगायो र आनन्दले रुखमा गयो । म हेरेको हेर्यै भएँ । घरमा गएर आमालाई भने सबै मरीमरी हाँसे ।

न्यूज अभियान डट कमको एन्ड्रोइड एपका लागि यहाँ क्लिक गर्नुहोस् । हरेक खबर विशेष खबरका लागि अफिसियल फेसबुकट्वीटर मार्फत जोडिनुहोस् ।

ताजा भिडियो ग्यालेरी

View All
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan
newsabhiyan